काठमाडौं- नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सांसद र केन्द्रीय सदस्यको संख्या २० प्रतिशत नपुग्ने दाबी गरेका छन्। उनले एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी गैरकानुनी पार्टी रहेको समेत टिप्पणी गरेका छन्।
नेम्वाङले निर्वाचन आयोगको सबै प्रक्रिया हेर्दा छक्क परेको बताए। ‘२० प्रतिशत सांसद पुगेन तर, केन्द्रीय कार्यसमितिको हकमा पुग्यो। तर, त्यसमा पनि केही कैफियत थियो’, बुधबार एमाले संसदीय दलको बैठकमा उनले भने, ‘झलनाथ खनालले सुरुको निवेदनमा कुनै पनि हस्ताक्षर गर्नु भएको छैन। सुरुमा विभाजनमा जानेहरुलाई सनाखत गराउने हो। पछि थपिएकालाई मिल्दैन। खनालले दिल्लीबाटै पार्टी विभाजनको पक्षमा हस्ताक्षर गर्नु भयो भन्ने छ। कसरी भयो?’
दल दर्ता अघि नै पार्टीले कारबाहीको पत्र निर्वाचन आयोग र संसद् सचिवालयमा पठाइसकेकाले तीन नाम हटाउनुपर्नेमा आयोगले नहटाएर एमाले विभाजनमा सहयोग गरेको नेम्वाङकी टिप्पणी छ।
सुरुमा केही नाम नभएको र एमाले समेत नभएका व्यक्तिलाई समेत समावेश गरिएको नेम्वाङको दाबी गरे। प्रदीप नेपालसहित पाँच जना, झलनाथ खनाल र पार्टीले कारबाही गरेको घटाउँदा ४९ जना केन्द्रीय सदस्य नपुग्ने उनले दाबी गररे।
२० प्रतिशत सांसद र केन्द्रीय सदस्य नपुग्ने भएकाले आफूहरु सर्वोच्च अदालत पुगेको उनको भनाइ छ। ‘सर्वोच्चले भदौ २२ गते गरेको आदेश महत्त्वपूर्ण छ’, नेम्वाङले भने, ‘उहाँहरु प्रतिनिधि सभामा अनधिकृत रुपमा देखापर्नु भयो भनेर बुझ्न जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।