काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले खर्चिलो निर्वाचन प्रणालीले वडामा नेता कार्यकर्तालाई चुनाव लड्न पनि गाह्रो हुने स्थिति देखिएको बताएका छन्।
सहिद सुरेश वाग्ले र भीमसेन पोखरलेको २२औं स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।
‘वडाको चुनाव लड्न गाह्रो हुने स्थिति आउँदैछ। प्रदेशमा २/४ करोड, संघमा १०/१५ करोड खर्च गर्नुपर्ने अवस्था देखिएको छ,’ उनले भने, ‘पुँजीपति र पैसा भएका बाहेक श्रमजीवी नेता/कार्यकर्ताले चुनाव लड्न सक्ने स्थिति छैन।’
उनले अहिलेको निर्वाचन प्रणालीले गाह«ो हुने स्थिति आउन सक्ने भन्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए। ‘नयाँ आन्दोलन र विद्रोह चाहिएको छ। फोहर पनि सफा होस फटाहलाई पनि परास्त गर्न सकियोस,’उनले भने।
उनले अहिले गठबन्धन तोड्ने षडयन्त्र देश र विदेशी शक्तिबाट भइरहेको समेत बताए। ‘प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनलाई विभाजन कसरी गर्ने, एमसीसी भनेर ल्याइदिएर फुटाउन सकिन्छ भनेर होस् वा अन्य हिसाबले काम भइरहेको छ,’ उनले भने, ‘अहिलेकै स्थितिमा एमसीसी पारित हुन सक्दैन भनेर हामीले भनिसकेका छौं।’
उनले देशलाई क्षति नहुने हिसाबले एमसीसी अघि बढोस् भन्ने आफूहरुको धारणा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।