फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। संघीय संसद्को दुवै सदनको १०औं अधिवेशन आज (बुधबार)देखि सुरु हुन लागेसँगै त्यसबारे छलफल गर्न सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको हो।
संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु भएको हो। संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकमा छलफल हुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।
एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका माधव कुमार नेपालसहित १४ जनालाई सांसदबाट कारबाही गरिएको सम्बन्धमा सभामुखले ’आवश्यक प्रक्रिया’ अगाडि नबढाएको भन्दै एमाले रुष्ट छ। १४ सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेको सन्दर्भमा बुधबारको संसद बैठकमा विरोध जनाइने एमालेका एक सांसदले जानकारी दिए।
संसद् बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। बुधबारको बैठकमा सरकारले २ दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।