काठमाडौं– नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आजदेखि सुरु हुने संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बुधबार बिहान संसदीय दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।
बिहान ९ बजे सिंहदरबारमा बस्ने बैठकमा आजको संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने उनले बताए।
नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) गठन गरेका माधव कुमार नेपालसहित १४ जनालाई सांसदबाट कारबाही गरिएको सम्बन्धमा सभामुखले ’आवश्यक पक्रिया’ अगाडि नबढाएको भन्दै एमाले रुष्ट छ।
१४ सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेको सन्दर्भमा बुधबारको संसद बैठकमा विरोध जनाइने एमालेका एक सांसदले जानकारी दिए।
संसद् बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। बुधबारको बैठकमा सरकारले २ दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।