काठमाडौं- नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी नेताहरुलाई नेकपा (एमाले) निकट विद्यार्थीहरुले कुटपिट गरेका छन्।
मंगलबार कान्तिपुर सिटी कलेजमा अनेरास्ववियू केन्द्रिय कमिटी सचिवालय सदस्य तथा कान्तिपुर सिटी कलेजका अध्यक्ष मनोज चन्द, अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्यहरु दीपेन्द्र बोहरा र राजन विष्टमाथि एमालेनिकट विद्यार्थी नेता ऐन महरलगायतको टोलीले कुटपिट गरेको एकीकृत समाजवादी निकट अनेरास्ववियूले जानकारी दिएको छ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गरेको छ। 'अनेरास्ववियूले स्वाभावैले विचारको पक्षधरता लिन्छ साथै वैचारिक लडाइँमा विश्वास राख्छ। पञ्चायती मण्डलेको झल्को दिने केही थान झुण्डाहरुले विचारका संवाहक हाम्रा नेता कार्यकर्ताहरुमाथि जतिसुकै प्रहार गरे पनि न हिजो अनेरास्ववियू डग्मगाएको थियो न आजको दिनमा नै डग्मगाउँछ। हाम्रो शालिनतालाई हाम्रो कमजोरीको रुपमा यदि कसैले बुझेको छ भने त्यसबापत ठूलो मूल्य चुकाउन तयार हुन हामी चेतावनी दिन चाहान्छौं,' विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा विद्यार्थी नेता महर लगायतलाई कारबाही गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।