काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने 'तयारी' गरेको छ।
संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न बुधबार बिहान संसदीय दलको बैठक बोलाइएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाउने गरी तयारी गरिएको छ।
नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) गठन गरेका माधव कुमार नेपालसहित १४ जनालाई सांसदबाट कारबाही गरिएको सम्बन्धमा सभामुखले 'आवश्यक पक्रिया' अगाडि नबढाएको भन्दै एमाले रुष्ट छ।
१४ सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेको सन्दर्भमा बुधबारको संसद बैठकमा विरोध जनाइने एमालेका एक सांसदले जानकारी दिए।
संसद् बैठक बुधबार (भदौ २३) अपराह्न ४ बजेका लागि बोलाइएको छ। बुधबारको बैठकमा सरकारले २ दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।