काठमाडौं- निर्वाचन आयोगले विभाजित दलको पक्षमा सनाखत गर्न दिएको समयसीमा सकिएको छ। आयोगले आज मंगलबारसम्मका लागि सनाखतको समय तोकेको थियो।
नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)का पक्षमा देशभर ५४ जना प्रदेश सभा सदस्य खुलेका छन्। एमालेमै रहने प्रदेश सांसदको संख्या भने १७९ जना छ।
निर्वाचन आयोगका प्रदेश कार्यालयबाट प्राप्त जानकारीअनुसार एकीकृत समाजवादीको पक्षमा प्रदेश १ का १०, प्रदेश २ का १३ र बागमती प्रदेशका १३ जना एकीकृत समाजवादीमा लागेका छन्।
यस्तै, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १४ जना सांसद एकीकृत समाजवादीको पक्षमा खुलेका छन्। गण्डकी प्रदेशमा भने यो दल प्रतिनिधित्वविहीन भएको छ।
प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी एमालेभन्दा ठूलो पार्टी बनेको छ।
हेर्नुहोस् सूची :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।