• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ का स्थानीय तहमा जसपा बलियो कि लोसपा? 

64x64
वीरेन्द्र ओली मंगलबार, भदौ २२, २०७८  १७:५१
1140x725

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपनि स्थानीय तहका जनप्रतिनिधिमा भने खासै फेरबदल भएको छैन। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भएका जनप्रतिनिधिले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएकाले जसपा रोजेका छन्। एकताध स्थानीय तहका जनपतिनिधिले मात्रै दल फेरेका छन्। 

चुनाव चिह्नलाई आधार बनाएर स्थानीय तहका जनप्रतिनिधि आफ्नोतिर तान्न लोसपा लागि परेको जसपा वरिष्ठ नेता महेन्द्र राय यादवको आरोप लगाए। 

‘तत्कालीन राजपाको चुनाव चिह्न साइकल थियो। अहिले उहाँहरुले चुनाव चिह्न साइकल बनाउनु भयो। त्यसैलाई आधार बनाएर भ्रम सिर्जना गर्न खोज्नु भएको छ’ नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘तर, वास्तविकता त्यस्तो होइन। पार्टी आधिकारिकता हामीले पाएका हौं। चुनाव चिह्न फेरेर पछि छाता बनाएको हो। त्यसैले केही जनप्रतिनिधिलाई भ्रममा पार्न खोजिएको छ। त्यो यथार्थ विस्तारै खुल्दै जान्छ।’ 

आफूहरुले पार्टी आधिकारिकता पाएपछि स्थानीय तहका प्रमुख र उप्रमुखसहित वडा अध्यक्ष सदस्यहरु धेरै हुने यादवले जिकिर गरे। ‘अहिले धेरैले सविककै पार्टी रोजेपनि भरेसम्म सिनारियो फेरिन्छ। त्यसपछि स्थानी यतहका जनप्रतिनिधि र जिल्ला पार्टीमा जसपाको पकड बलियो हुन्छ’ यादवले भने। तर, लोसपाका नेता जितेन्द्र सोनलले पार्टी विभाजन भएपनि स्थानीय जनप्रतिनिधि र जिल्ला पार्टीमा तत्कालीन राजपाका धेरैजसो लोसपामै भएको जिकिर गरे। बारा, पर्सा, सर्लाही र महोत्तरी जिल्लाका जनप्रतिनिधि र पार्टीमा राम्रो भएको सोनलले बताए।  

प्रदेश २ मा १३६ स्थानीय तह छन्। त्यसमध्ये राजपाले २५ स्थानीय तहको प्रमुख र ३० स्थानीय तहको उप्रमुख जितेको थियो। यस्तै, तत्कालीन संघीय समाजवादी फोरमले २६ स्थानीय तह प्रमुख र २५ स्थानीय तहका उपप्रमुख जितेको थियो। स्थानीय तहमा धेरै फोरमले जितेको थियो। वडा भने सबैभन्दा धेरै राजपाले १९४ वडामा अध्यक्ष जितेको थियो। तर, फोरमले फोरमले १९१ वडा अध्यक्ष मात्रै जितेको थियो।

राजपा र फोरमबीच एकता भएपछि स्थानीय तहमा जसपा पहिलो शक्ति भएको थियो। पार्टी विभाजन भएपछि स्थानीय तहका जनप्रतिनिधि को कता लागे? ८ जिल्लाको यस्तो छ तस्बिर :
सप्तरी 
सप्तरीमा १८ स्थानीय तहमध्ये तत्कालीन फोरमले पाँच र चार स्थानीय तहका उपप्रमुखले जितेको थियो। फोरमले स्थानीय तहका प्रमुख र तिरहुत गाउँपालिका अध्यक्ष हेमन्तकुमार बहडखेर, महादेवा गाउँपालिका अध्यक्ष दीपकुमार यादव, बलान–बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइन र खड्क नगरपालिका प्रमुख हेमायु हक, बोदे बरसाईन नगरपालिका प्रमुखमा अतिशकुमार सिंहले जितेका थिए। यस्तै, उपप्रमुखमा तिरहुत गाउँपालिका उपाध्यक्ष तिर्थमाया मंडल, महादेवा–विहुल गाउँपालिका उपाध्यक्ष रुबी गुप्ता बोदे बरसाईन नगरापलिका उप्रमुखमा रञ्जुकुमारी साह तेलीले जितेकी थिइन्।

यस्तै, राजपाबाट पाँच स्थानीय तहका प्रमुखले जितेका थिए भने उपप्रमुख ६ जनाले जितेका छन्। तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा सतिशकुमार सिंह, रुपनी गाउँपालिका अध्यक्षमा हरेराम यादव, डोकेश्वरी नगरपालिका प्रमुखमा शिवनारायण साह, राजविराज नगरपालिका प्रमुखमा शम्भुप्रसाद यादव, हनुमाननगर कङकालिनी नगरपालिका प्रमुख शैलेशकुमार साह निर्वाचित भए। 

यस्तै, उपप्रमुखमा छिन्नमस्ता गाउँपालिका उपाध्यक्षमा उषाकुमारी मण्डल, तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष सुचिताकुमारी यादव, रुपनी गाउँपालिका उपाध्यक्ष बेचनीकुमारी सरदार, डाक्नेश्वरी नगरपालिका उपप्रमुख इन्दुदेवी यादव, राजविराज नगरपालिका उपप्रमुख साधना झा, हनुमाननगर कङ्कालिनी नगरपालिका प्रमुख सरितादेवी यादव सिपालियाले जितेकी छिन्। तत्कालीन फोरमबाट निर्वाचित तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र राजविराज नगरपालिका उपाध्यक्ष साधना झाले लोसपा पार्टी रोजेको हनुमाननगर कङकालिनी नगरपालिका प्रमुख शैलेशकुमार साहले बताए। अन्य वडा अध्यक्ष र सदस्यमा सामान्य यतायता फेरबदल भएपनि अरु यथावत रहेको साहले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सिरहा
सिरहामा १७ स्थानीय तहमध्ये तत्कालीन फोरमले पाँच प्रमुख र पाँच उपप्रमुख जितेको थियो। तत्कालीन राजपाले एक स्थानीयतह पनि जितेको थिएन। फोरमबाट बरियारपट्टी गाउँपालिका अध्यक्षमा सन्तोष कुमार महतो, भगवानपुर गाउँपालिका अध्यक्षमा बेचनप्रसाद यादव, लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्षमा रामबल्लभ साह, विष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादव र सिराह नगरपालिका प्रमुखमा अशेश्वरप्रसाद यादवले जितेका थिए।

यस्तै, औरही गाउँपालिका उपाध्यक्षमा सीता कुमारी, बरियारपट्टी गाउँपालिका उपाध्यक्षमा रेखाकुमारी यादव, भवानपुर गाउँपालिका उपाध्यक्षमा सीतादेवी यादव, लक्ष्मीपुर पतारी गाउँपालिका उपाध्यक्षमा आशादेवी सिंह र विष्णुपुर गाउँपालिका उपाध्यक्षमा अरहुलादेवी सिंहले जितेकी छिन्। तत्कालीन फोरमबाट निर्वाचित सबै प्रमुख उपप्रमुख जसपातिर लागेको सिरहा नगरपालिका प्रमुख अशेश्वरप्रसाद यादवले बताए। जसपाबाट लोसपा जाने स्थानीय वडा अध्यक्ष र सदस्य समेत न्यून रहेको यादवको दाबी छ।

धनुषा 
धनुषामा १८ स्थानीय तहमध्ये फोरमले दुई प्रमुख र एक उपप्रमुख जितेको थियो। यस्तै, राजपाले दुई प्रमुख र उपप्रमुख मात्रै जितेको थियो। फोरमले लक्ष्मीनिया गाउँपालिका अध्यक्ष विन्देशवर यादव र गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादवले जितेका थिए। लक्ष्मीनिया गाउँपालिका उपाध्यक्षमा इन्द्रकलादेवी यादवले मात्रै जितेकी थिइन्। 

यस्तै, राजपाबाट जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्र, हंसपुर नगरपालिका प्रमुख रामज्ञान मण्डल र उपप्रुमख रेणुदेवी झाले जितेकी थिइन्। यसरी निर्वाचित प्रमुख र उपप्रमुख साविककै पार्टीमा आवद्ध भएको जनकपुर उपमहानगरपालिका उपप्रमुख रेणुदेवी झाले बताइन्। 

Xtrem

Xtrem

‘तत्कलीन राजापबाट निर्वाचित भएकाले लोसपा रोज्यौं। तत्कालीन फोरमबाट निर्वाचित भएकाले जसपा रोज्यौं’ झाले भनिन्, ‘तत्कालीन जसपामा भएका केही वडा अध्यक्ष र सदस्यमा सामान्य यता उता भएको छ।’

महोत्तरी 
महोत्तरीमा १५ स्थानीय तहमध्ये राजपाले ६ प्रमुख र नौ उपप्रमुख जितेको थियो। फोरमले एक प्रमुख र एक उपप्रमुख मात्रै जितेको थियो। 

पिपरा गाउँपालिका उपनिर्वाचनमार्फत् एमालेले अध्यक्ष जितेको छ। तर, उपप्रमुख भने तत्कालीन राजपाकी ननुकुमारी दास छन्। 

महोत्तरी गाउँपालिका अध्यक्ष सुनिलकुमार राय र उपाध्यक्षमा सीतादेवी साहले जितेकी थिइन। एकडारा गाउँपालिका अध्यक्षमा रामछविला साह र उपाध्यक्षमा महजवि खातुनले जितेकी थिइन्। 

यस्तै, जलेश्वर नगरपालिका प्रमुखमा रामशंकर मिश्र, उप्रमुखमा मुन्चुन देवीले जितेकी थिइन्। भंगाहा नगरपालिका प्रमुखमा सञ्जीवकुमार साह र उपप्रमुखमा गंगाकुमारी सिंह दनवार, मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल र उपप्रमुख शिवोदेवी साहले जितेकी  थिइन्। उनीहरु तत्कालीन राजपाकै हुन्। 

यस्तै, मनरा शिसवा नगरपालिका उप्रमुखमा रमिता प्रधान, औरही नगरपालिका उप्रमुख रेणु झा निर्वाचित भएकी थिइन । बलवा नगरपालिका प्रमुख जित्न नसकेपनि उपप्रमुख राजपाबाटै रितादेवी झाले जितेकी थिइन्।

फोरमबाट महोत्तरी सोनाम गाउँपालिका अध्यक्षमा राजकुमार यादव र उपाध्यक्षमा विभादेवी साहले जितेकी थिइन्। यसरी निर्वाचित जनप्रतिनिधिमा सोनाम गाउँपालिका उपाध्यक्ष विभादेवी साहले लोकतान्त्रिक समाजवादी रोजेको प्रदेश सांसद अभिराम शर्माले बताए। 

‘दल रोज्ने क्रममा राजपाबाट निर्वाचित भएकाले लोसपा रोजेका छन्। फोरमबाट निर्वाचित भएकाले जसपा रोजेका छन्’ शर्माले भने, ‘महोत्तरीमा सोनाम गाउँपालिका उपाध्यक्ष विभादेवी साहले मात्रै दल परिवर्तन गरेर लोसपा रोज्नु भएको छ।’ 

सर्लाही
सर्लाहीमा २० स्थानीय तहमध्ये ६ वटामा प्रमुख र पाँच उपप्रमुख राजपाले जितेको थियो। तत्कालीन फोरमले एक प्रमुख र दुई उपप्रमुख मात्रै जितेको थियो।

चन्द्रनगर गाउँपालिका अध्यक्षमा रापाका महेन्द्र महतो सुडी, उपाध्यक्षमा विणादेवी साहले जितेकी थिइन्। कौडेना गाउँपालिका अध्यक्षमा रामप्रसाद राय यादव, उपाध्यक्षमा सुनिता देवीले जितकी थिइन् भने ब्रह्मपुरी गाउँपालिका अध्यक्षमा विनोदकुमार साह र उपाध्यक्षमा गितादेवी रायले जितेकी थिइन्। 

गोडैटा नगरपालिका प्रमुख देवेन्द्रकुमार यादव, उपप्रमुख अन्जना कुशवाहाले जितेकी थिइन् भने बलरा नगरपालिका प्रमुख अभयकुमार सिंह र उपप्रमुख रामसखी देवीले जितेकी छिन्। कविलासी नगरपालिकामा प्रमुख कौशलकिशोर यादवले राजपाको तर्फबाट जितेका थिए। 

फोरमको तर्फबाट पर्सा गाउँपालिका अध्यक्ष किसुनदेव राय, उपाध्यक्षमा इन्द्रकलादेवी साहले जितेकी थिइन्। फोरमबाटै कविलासी नगरपालिका उपप्रमुख राधा देवीले जितेकी थिइन्। यसअघि राजपाबाट निर्वाचित कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादवले जसपा रोजका छन्। अन्य स्थानीय तहका प्रमुख र उपप्रमुखले दल परिवर्तन नगरेको बलरा नगपालिका प्रमुख अभयकुमार सिंहले बताए। 

रौतहट 
रौतहटका १८ स्थानीय तहमध्ये तत्कालीन फोरमबाट चार प्रमुख र दुई उपप्रमुखले जितेका थिए। राजपाले दुई प्रमुख र दुई उपप्रमुख मत्रै जितेको थियो।

फोरमबाट गरुडा नगरपालिका प्रमुख इनु राय यादव, देवाही गोनाही नगरपालिका प्रमुखमा धमेन्द्रप्रसाद पटेल, बाधीमाई नगरपालिका प्रमुख राजीव रंजन यादव र माधव नारायण नगरपालिका प्रमुख वीरेन्द्रप्रसाद यादवले जितेका थिए। यस्तै, बौधीमाई नगरपालिका उपप्रमुख प्रेमलता कुशवाह र राजवेदी नगरपालिका उपप्रमुख अंशु सिंहले जितेकी थिइन्। 

यस्तै, राजपाबाट गुजरा नगरपालिका प्रमुख सन्तलाल प्रसाद चौधरी, उपप्रमुख रौसन खातुन शेखले जितेकी थिइन्। गौर नगरपालिका प्रमुख अजयकुमार गुप्ता र उपप्रमुखमा किरण कुमारीले जितेकी थिइन्। गुजरा नगरपालिका प्रमुख सन्तलाल प्रसाद चौधरी र रौसन खातुन शेखले लोसपा नरोजेर जसपा रोजेको प्रदेश सभा सांसद बाबुलाल साहले बताए। अन्य स्थानीय तहका  प्रमुख र उप्रमुखमा कुनै फेरबदल नआएको उनले बताए।

बारा 
बारामा १७ स्थानीय तहमध्ये फोरमले चार स्थानीय तह प्रमुख र चार उपप्रमुखत जितेको थियो। राजपाले तीन प्रमुख र पाँच उपप्रमुख जितेको थिए। बारामा तत्कालीन फोरमले एक नगरपालिकामा जित निकालेको थियो। पचरौता नगरपालिकाको प्रमुखमा उक्त दलबाट रमेशकुमार यादव विजयी भएका थिए।  

अध्यक्षमा तीन गाउँपालिकामा फोरम विजयी भएको थियो। आदर्श कोटवालमा मुस्तफा अनसारी, सूर्वण गाउँपालिकामा महेन्द्रप्रसाद यादव र फेटा गाउँपालिकामा अमिरीलाल प्रसाद फोरमबाट विजयी भएका थिए।

उपाध्यक्ष चार स्थानमा फोरमले जित निकालेको थियो। आदर्श कोटवालमा पुनम देवी, बारागढीमा लक्ष्मी देवी राय, सुवर्णमा बबिता यादव र फेटामा कमरुन खातुन उपाध्यक्ष पदमा विजयी भएका थिए। 

राजापबाट देवताल गाउँपालिका अध्यक्ष चन्दनकुमार सिंह उपप्रमुख रामपति देवी निर्वाचित भएकी थिइन्। परवानीपुर गाउँपालिका अध्यक्षमा हरिनारायणप्रसाद साह कानु उपाध्यक्षमा सावित्री देवी निर्वाचित भइन्।

यो पनि पढ्नुहोस्

प्रदेशमा जसपा बलियो कि लोसपा? यस्तो छ अंकगणितमंगलबार, भदौ २२, २०७८

प्रसौनी गाउँपालिका अध्यक्षमा भोलाप्रसाद गुप्ता, उपाध्यक्षमा गीता साहले जितेकी थिइन्। सिम्रौनगढ नगरपालिका प्रमुख र पचरौता नगरपालिका प्रमुख जित्न नसकेपनि दुवै नगरपालिका उपप्रमुख क्रशमः रिमा देवी र इन्दु कुमारी निर्वाचित भएका थिए। अरु स्थानीय तहका प्रमुख र उपप्रमुख यथास्थानमा पार्टी रोजे पनि बारागढी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी रायले लोसपा रोजेको पचरौता नगरपालिका अध्यक्ष रमेशकुमार यादवले बताए। अन्य वडा अध्यक्ष र सदस्यमा सामान्य याताउता भएपनि अरुले साविककै नेतृत्व रहेको पार्टी रोजेको यादवले बताए।

पर्सा 
पर्सामा १४ स्थानीय तहमध्ये चार प्रमुख र तीन उपप्रमुख तत्कालीन फोरमले जितेका थिए। तत्कालीन राजपाले प्रमुख र उपप्रमुख जित निकाल्न सकेको थिएन। पर्सामा फोरमले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा विजय सरावगीले जितेका थिए। उपप्रमुखमा कांग्रेसकी शान्ति कार्कीले जितेकी थिइन्। पोखरिया नगरपालिकाको उपप्रमुखमा फोरमकी सलमा खातुन विजयी भएकी थिइन्।

पर्सामा फोरमले तीन गाउँपालिका अध्यक्ष जितेको  थियो। पकाहा मैनपुरमा विजय कुमार चौरसिया ,विन्दवासिनीमा श्रीलाल साह कानु र सखुवा प्रसौनीमा प्रदीपकुमार जयसवालले अध्यक्षमा जित निकालेका थिए। 

उपाध्यक्ष ६ स्थानमा फोरम विजयी भएको थियो। उपाध्यक्षमा विजयी हुनेहरुमा जगनाथपुरमा विस्मिल्लाह खातुन, धोबीनीमा पारसनाथ प्रसाद कुर्मी, पकाहा मैनपुरमा कुशमा देवी, सखुवा प्रसौनीमा फुलमति कुमारी थरुनी र कालिकामाइमा राजेशकुमार चौरसिया विजयी भएका थिए।

अरु स्थानीय तहका प्रमुख र उपप्रमुखले साविककै नेतृत्व हरेको पार्टी रोजेपनि कालिकामाई गाउँपालिका उपाध्यक्ष राजेशकुमार चौरसियाले लोसपा राजेको प्रदेश सांसद प्रह्लाद गिरीले बताए।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्