काठमाडौं- बुधबार बस्ने प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिकतासम्बन्धी अध्यादेश पेस हुने भएको छ।
बुधबार अपराह्न बस्ने संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश’ पेस गर्ने भएका हुन्।
सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश संसद्मा पेस गर्ने भएको छ। राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश पनि पेस हुने भएको छ।
यसैगरी, तेजाब तथा अन्य रासायनिक पदार्थ (नियमन) अध्यादेश पनि बुधबारको बैठकमा पेस गरिने भएको छ। आर्थिक, राष्ट्र ऋण उठाउने लगायतका अध्यादेश पनि भोलिको बैठकमा प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ।
संसद् बैठक बुधबार (भदौ २३) अपराह्न ४ बजेका लागि बोलाइएको छ।
यस्तो छ बुधबारको कार्यसूची:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।