काठमाडौं- नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन्।
मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्दै देवकोटालाई संयोजकको जिम्मेवारी दिएको छ। संगठनको सहसंयोजकमा सुवाेध सिर्पाली चयन भएका छन्।
केहीदिन पहिले सम्पन्न वाईसीएलको राष्ट्रिय सम्मेलनमा देवकोटा र सिर्पाली अध्यक्षका दाबेदार थिए। सहमति जुट्न नसकेपछि राष्ट्रिय सम्मेलनबाट पदाधिकारीविहीन २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो।
वाईसीएलका केन्द्रीय सदस्य पुष्प ओलीले देवकोटाको संयोजकत्वमा तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति बनाएको र अन्य पधिदाकारी भने नबनाइएको नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।