काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल बिनाको एमाले राम्ररी अगाडि बढ्ने बताएका छन्। मंगलबार नेकपा एमाले कास्कीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेता नेपाललाई एमालेभित्रको कुपुत्र करार गरे।
'साथीहरुलाई म के आग्रह गर्न चाहन्छु भने माधव नेपाल बिग्रेका मात्रै होइन, पतनै भइसके, 'भेलामा सम्बोधन गर्दै ओलीले भने, 'अब माधव नेपाल बिनाको एमाले राम्ररी अगाडि बढ्छ।'
ओलीले कहिलेकहिले कोहीकोही मान्छे नराम्ररी बिग्रने बताउँदै माधव नेपाल पनि फर्सी कुहिएझैं भित्रभित्रै कुहिएको बताए। 'तपाईंहरु नेता नेता भन्दै हुनुहुन्थ्यो। मैले पनि नेता कुहिएको छ है भन्न भएन। चुपै लाग्नुपर्यो। तपाईंहरु पनि कामरेड भन्दै हुनुहुन्थ्यो। फूलमालाले स्वागत गर्दै हुनुहुन्थ्यो। अभिनन्दन गर्दै हुनुहुन्थ्यो। भित्रभित्रचाहिँ कुहिएको फर्सीभन्दा खत्तम कुहिसकेको,' उनले भने।
ओलीले यसअघिका कतिपय भाषणमाझैँ माधव नेपालको बोल्नै शैलीको नक्लल गरेका थिए। 'सम्मान पुगेन मलाई भनेको छ। मलाई अपमान गरियो भनेको छ। यस्तै कुरा मात्रै हुन् उनका। भित्रभित्रै सडेका,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।