काठमाडौं– अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएकाहरु पक्राउ परेका छन्।
एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवादी अध्ययन समूह, स्वतन्त्र युवा जनसेवा नेपाल र उन्मुक्त पुस्ताका प्रतिनिधिहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको उन्मुक्त पुस्ताका मुक्तान थेवाले बताए।
एमसीसीका प्रतिनिधि अमेरिकबाट आउने सूचना पाएपछि विरोध प्रदर्शन गर्न पुगेको अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मुक्तान थेवा, संघर्ष दाहाल, निर्घ नविन, नविन विश्वकर्मा, गोविन्द भण्डारालगायत रहेका छन्। उनीहरुलाई बिहान साढे ११ बजेतिर पक्राउ गरी महानगरीय प्रहरी भ्रभाग गौशालामा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।