फाइल तस्वीर
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो।
एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिए। नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो।
संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो। नेकपा एमालेले संसद बैठक सुचारु हुन नदिने संकेत देखाइसकेको छ।
एमाले अध्यक्ष केपीशर्मा ओलीसहितका नेताहरूका पछिल्ला अभिव्यक्तिले पनि त्यसको संकेत गरेको छ।
एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना प्रकाशित नगरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटासित आक्रोशित छ भने सत्ता गठबन्धन दलले नेकपा एमाले विभाजन गर्नकै लागि राजनीतिक दल विभाजन सम्बन्धी संशोधन अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गर्दै आइरहेको छ।
गत साउन ३२ गते सरकारले संसदको अधिवेशन अन्त्य गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।