• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन १४, २०८२ Thu, Feb 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुनुवाइ रोकिएपछि अधिवक्ता अर्यालले दिए सबै न्यायाधीशलाई ध्यानाकर्षण पत्र

64x64
नेपाल लाइभ मंगलबार, भदौ २२, २०७८  ०७:२९
1140x725

काठमाडौं- संवैधानिक निकायमा अध्यादेशमार्फत भएको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ रोकिएपछि रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सबै न्यायाधीशलाई निवेदन दिएका छन्। 

९ महिनापछि सुरु भएको सुनुवाइ रोकिएपछि उनले सबै न्यायाधीशलाई ध्यानाकर्षणका लागि निवेदन दिएका हुन्। भदौ १७ गते न्यायाधीश हरि फुयालको इजलासको आदेशबाट संवैधानिक इजलास रोकिएपछि अर्यालले सोमबार सबै न्यायाधीशलाई निवेदनमार्फत ध्यानाकर्षण गराएका हुन्।

मंसिर ३० मा  र त्यसपछि जारी संवैधानिक परिषद् सम्वन्धी अध्यादेश र त्यसबाट भएको नियुक्ति गैरकानुनी भएको भन्दै  सर्वोच्च अदालतमा रिट दायर भएको थियो।

यस्तो छ निवेदन

सम्माननीय प्रधान न्यायाधीश ज्यू

मार्फतः 
मुख्य रजिष्ट्रार ज्यू, 
मुख्य रजिष्ट्रारको कार्यालय, 
सर्वाेच्च अदालत, काठमाडौ। 

विषयः सुनुवाइ अवरुद्ध भएको सम्बन्धमा। 

सम्माननीय ज्यू
१. म निवेदक सर्वाेच्च अदालत, संवैधानिक इजलासको क्षेत्राधिकार अन्र्तगत २०७७ पौष १, २०७८ जेठ ३० तथा २०७८ साउन १४ मा दर्ता भएका क्रमशः ०७७–WC–००२६, ०७७–FN–०५८३, ०७८–FN–००३५ मुद्दाहरूको रिट निवेदक हुँ। उक्त मुद्दाहरुमा मिति २०७७ मंसीर ३० तथा २०७८ बैशाख २१ मा जारी भएका संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तथा सोका आधारमा भएका नियुक्ति बदर घोषित गर्न माग गरिएको छ। 

Ncell 2
Ncell 2

२. उक्त मुद्दाहरुका सम्बन्धमा संवैधानिक इजलासमा पहिलो पटक २०७८ भाद्र ११ गते सुनुवाइ भएको थियो। सुनुवाइको क्रममा रिट निवेदक तथा कानूनी व्यवसायीबाट उक्त मुद्दाहरूमा सम्माननीय प्रधान न्यायाधीशज्यू प्रत्यर्थी रहनु भएको समेतका तथ्यहरु प्रति गम्भीर ध्यानाकर्षण गराइएको थियो। साथै, प्राकृतिक न्यायको सिद्धान्तको पालना हुने गरी न्याय सम्पादन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धमा सुविचारित राय प्रस्तुत गरिएको थियो। 

३. यसरी २०७८ भाद्र ११ गते संवैधानिक इजलासमा पहिलो सुनुवाइ गरिए पश्चात् उक्त मुद्दाहरु तथा संवैधानिक इजलासमा विचाराधीन सोही विषयसंग सम्बन्धित अन्य मुद्दाहरुको पहिलो र अन्तिम पेशीमा आफू (अब्सेन्ट) अनुपस्थित रहने निर्णय सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.व.रा. ज्यूले संवैधानिक इजलासबाटै सुनाउनु भएको थियो। उक्त निर्णय मार्फत आफ्नो मुद्दामा आफै न्यायाधीश बन्न नहुने प्राकृतिक न्यायको सिद्धान्तको पालना हुने अवस्थाको सुनिश्चितताका लागि कायम मुकायम प्रधान न्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन गर्न मार्ग प्रशस्त भएको थियो। 

४. सोही बमोजिम संवैधानिक इजलासबाट प्रारम्भिक सुनुवाई गर्ने प्रयोजनका लागि सर्वाेच्च अदालत प्रशासनले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तथा सोका आधारमा भएका नियुक्ति बदर सम्बन्धी मुद्दाहरुको अर्काे पेशी २०७८ भाद्र १८ गतेका लागि तोकेको थियो। यसैवीच, रिट निवेदनमा ठेगाना उल्लेख नभए पनि सर्वाेच्च अदालत प्रशासनबाट मिति २०७८ भाद्र १६ गते रिट निवेदन दर्ता गरी रिट निवेदक कायम गरिएका अधिवक्ता डा.गणेश रेग्मी विरुद्ध सर्वाेच्च अदालत समेत भएको ०७८–ध्इ–०२७० नं. को उत्प्रेषण मुद्दामा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयालको एकल इजलासबाट मिति २०७८ भाद्र १७ गते निम्न बमोजिम आदेश जारी भएको अवस्था छ ः– 

“‘।हाल संवैधानिक इजलासमा चली रहेको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषद्मा सदस्य रहने प्रधान न्यायाधीश समेत संलग्न भई संवैधानिक निकायको नियुक्तिसंग सम्बन्धित प्रधान न्यायाधीश उक्त इजलासमा बस्ने वा नबस्ने भन्ने विषय समेतलाई टुङ्गो गरी संवैधानिक इजलासका सम्बन्धित मुद्दाहरु निर्णय गर्नु पर्ने देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त मुद्दाहरुको सुनुवाई नगर्नु नगराउनु भनी सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ।” साथै, उक्त अन्तरिम आदेशको पेटबोलीमा “.....सम्बन्धित मुद्दाको निर्णयका सम्बन्धमा गर्ने सार्वजनिक बहसहरुलाई ....कसरी हेर्ने भन्ने विषयमा पनि हेर्नु पर्ने देखियो।” भनिएको छ।   

५. एक न्यायाधीशको इजलासबाट भएको उक्त अन्तरिम आदेश न्यायिक प्रणालीको आधारभूत मूल्यपद्धति विपरित छ। उक्त आदेशमा गम्भीर प्रकृतिको न्यायिक विचलनको अवस्था विद्यमान छ। विधिशास्त्रिय दृष्टिले अवैधानिक र अस्वाभाविक प्रकृतिको छ। किनकि स्वयं सर्वाेच्च अदालतको विरुद्धमा आदेश जारी भएको छ। संवैधानिक इजलासको न्यायिक काम कारबाहीमा हस्तक्षेप गरी अवरोध पुर्याइएको छ। विचाराधीन मुद्दाको सुनुवाइ रोकी दिएको छ। सर्वाेच्च अदालत, साधिकार इजलास तथा न्यायाधीशको न्यायिक स्वतन्त्रता कुण्ठित भएको छ। प्रत्यक्ष रुपमा संवैधानिक इजलासको क्षेत्राधिकारमा अतिक्रमण हुनुका साथै सो इजलासका न्यायाधीशको न्यायिक विवेकको अबमूल्यन भएको छ। संवैधानिक इजलासबाट सुनाइएको निर्णयको अवज्ञा भएको छ। उल्लिखित लगायत अन्य धेरै आधार कारणबाट उक्त आदेश प्रथम दृष्टिबाटै खारेजभागी छ। 

६. सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) ले “यस नियमावली बमोजिम अन्तरिम आदेश जारी भएकोमा कुनै पक्षको निवेदन परी वा अदालत आफैलाई सो अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक छैन भन्ने लागेमा अदालतले जुनसुकै बखत उक्त अन्तरिम आदेशलाई खारेज गर्न सक्नेछ।” भन्ने व्यवस्था गरेको छ। यस व्यवस्थाले अपवादात्मक परिस्थितिवश न्यायिक विचलन वा असक्षमताबाट जारी हुन पुगेका वेरितयुक्त, असान्दर्भिक वा औचित्यहीन अन्तरिम आदेश कुनै पक्षको निवेदनका आधारमा वा अदालत स्वयंको पहलमा ९क्गय ःयतय० प्रतिवेदन उठाई न्यायिक प्रक्रिया पूरा गरी खारेज गर्न सक्ने सर्वाेच्च अदालतको अन्तरनिहित स्वविवेकीय अधिकार प्रयोगको न्यूनतम् कार्यविधिको तोकेको छ। 

७. माथि उल्लिखित आधार, कारण र अवस्थालाई विचार गर्दा मिति २०७८ भाद्र १७ गते एक न्यायाधीशको इजलासबाट संवैधानिक इजलासको सुनुवाइ रोक्ने गरी भएको अन्तरिम आदेशका दुष्परिणाम अत्यन्त गम्भीर भएको हुँदा त्यसबाट न्याय प्रणालीमा हुन सक्ने अपूरणीय क्षती रोकथाम गर्न सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम उक्त अन्तरिम आदेश अविलम्ब खारेज गर्नु पर्ने अवस्था विद्यमान छ। 

८. तसर्थ, प्रस्तुत निवेदनलाई आधार मानी आवश्यकता अनुसार थप छानवीन गरी वा अन्य प्रक्रियाबाट प्रतिवेदन उठाई न्यायिक पद्धति अनुकुलको निकासा दिई न्याय सम्पादनमा भएको अवरोध खुलाई संवैधानिक इजलासमा विचाराधीन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र सोको आधारमा भएका नियुक्ति बदर सम्बन्धी मुद्दाहरुको अविलम्ब सुनुवाइको व्यवस्था गरी पाउँ। साथै, बस्तुगत कारण पत्ता लगाई भविश्यमा न्यायिक सुनुवाइ अवरुद्ध पारिने अनपेक्षित परिस्थितिको पुनरावृति नहुने कुराको प्रत्याभूति दिलाई पाउँ। 

९. साथै, न्यायालयप्रतिको जनआस्था अक्षुण्ण राख्न स्वतन्त्र न्यायपालिकाका विश्वव्यापी मूल्य मान्यताको परिपालना गरी न्याय प्रशासनलाई प्रभावकारी बनाउने विषयसंग सम्बन्धित नीतिगत सुधारको विषय पनि समावेश भएको हुँदा संविधानको धारा १३६ बमोजिम सम्माननीय प्रधान न्यायाधीशज्यू तथा अन्य माननीय न्यायाधीश ज्यूहरुको ससम्मान गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।      

निवेदक

ओमप्रकाश अर्याल, अधिवक्ता
ठेगानाः गुल्मी जिल्ला इस्मा गा.पा. ६, 
अमरपुर।  
बोधार्थ/कार्यार्थ 
१. पूर्ण बैठक, सर्वाेच्च अदालत।
२. सर्वाेच्च अदालतका माननीय न्यायाधीश ज्यूहरु ः 
१. श्री दिपककुमार कार्की, २. श्री मीरा खड्का, ३. श्री हरिकृष्ण कार्की, ४. श्री विश्वम्भरप्रसाद श्रेष्ठ, ५. श्री ईश्वरप्रसाद खतिवडा, ६. डा.श्री आनन्दमोहन भट्टराई, ७. श्री अनिलकुमार सिन्हा, ८. श्री प्रकाशमान सिंह राउत, ९. श्री सपना प्रधान मल्ल, १०. श्री तेजबहादुर के.सी., ११. श्री वमकुमार श्रेष्ठ, १२. श्री टंकबहादुर मोक्तान, १३. श्री प्रकाशकुमार ढुंगाना, १४. श्री सुस्मालता माथेमा, १५. श्री कुमार रेग्मी, १६. श्री हरिप्रसाद फुयाल, १७. डा.श्री मनोजकुमार शर्मा, १८. डा.श्री कुमार चुडाल, १९. श्री नहकुल सुवेदी।  
३.  मुख्य रजिष्ट्रार ज्यू, सर्वाेच्च अदालत। 
४. नेपाल बार एशोसिएशन। 
५. सर्वाेच्च अदालत बार एशोसिएशन।  

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा नवलपरासी जिल्ला सभापति महेन्द्र ठकुरीलाई विश्वप्रकाशले कांग्रेसमा भित्र्याए
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु
‘रास्वपाले बहुमत नल्याए भ्रष्टाचारी खुशी हुन्छन्’ : रवि लामिछाने
सम्बन्धित सामग्री
रास्वपा नवलपरासी जिल्ला सभापति महेन्द्र ठकुरीलाई विश्वप्रकाशले कांग्रेसमा भित्र्याए निर्वाचन हुन करिब एक साता बाँकी रहेको समयमा भएको राजनीतिक घटनाक्रमअनुसार उनलाई काँग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले औपच... बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु प्रचण्डले तामाङलाई भने, ‘बाहिर आएको हल्लाको भ्रममा नपर्नुस् । ढुक्कसँग निर्वाचन अभियानमा लाग्नुस्।  दुई जना प्रधानमन्त्रीका उम्मेदवा... बिहीबार, फागुन १४, २०८२
‘रास्वपाले बहुमत नल्याए भ्रष्टाचारी खुशी हुन्छन्’ : रवि लामिछाने चुनावी सभालाई सम्बोधन गर्न गोरखा पुगेका सभापति लामिछानेले पाँच वर्षको स्थायी सरकार दिन घण्टीमा नै भोट हाल्न आग्रह गरेका हुन् । बिहीबार, फागुन १४, २०८२
ताजा समाचारसबै
रास्वपा नवलपरासी जिल्ला सभापति महेन्द्र ठकुरीलाई विश्वप्रकाशले कांग्रेसमा भित्र्याए बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
‘रास्वपाले बहुमत नल्याए भ्रष्टाचारी खुशी हुन्छन्’ : रवि लामिछाने बिहीबार, फागुन १४, २०८२
२० फागुनदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने बिहीबार, फागुन १४, २०८२
मतदाता परिचयपत्र नभए पनि वैकल्पिक सरकारी कागजातबाट मतदान गर्न सकिने बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्