काठमाडौं–सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ।
बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न त्यसअघि संसदीय दलको बैठक बोलाइएको हो। बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ।
संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाइएको छ। संसद बस्नु अघि संसदीय दलको बैठक बस्ने कांग्रेसको परम्परा बनेको छ। बुधबार अपरान्ह ४ बजेका लागि संसदको बैठक डाकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।