काठमाडौं– सरकारले दार्चुला घटनाबारे यथार्थ जानकारी दिन माग गर्दै छिमेकी राष्ट्र भारतलाई कुटनीतिक नोट पठाएको छ।
दार्चुलाको सीमावर्ती महाकाली नदीमा भारतीय सुरक्षा बल, एसएसबीका जवानहरुले तुइनको लठ्ठा चुँडाइदिएपछि महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको घटनालाई लिएर परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो।
त्यो घटनापछि दार्चुलाको नेपाली ‘एयर स्पेस’मा भारतीय हेलिकोप्टरले गस्ती गरेको घटनाबारे पनि कूटनीतिक च्यानलमार्फत् भारतसँग जवाफ माग गरिएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।
‘हामीले भारतीय दूतावासमार्फत् कूटनीतिक नोट पठाइसकेका छौं’, स्रोतले भन्यो।
गत साउन १५ मा भएको घटनामा नेपाली युवा महाकालीमा बेपत्ता भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो। त्यसपछि गृहमन्त्रालयले घटनाबारे छानबिन गर्न समिति बनाएको थियो। समितिले घटनामा एसएसबीको संलग्नता देखिएको भन्दै कूटनीतिक पहलमार्फत् यसलाई समाधान गर्न सुझाव दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।