पोखरा– ग्यास लिक भएर बुधबार कास्कीमा १ घरमा आगलागी भएको छ। पर्वत जलजला गाँउपालिका–२, मल्लाज घर भई हाल कास्कीको पोखरा लेखनाथ महानगरपालिका, बरपाटन बस्ने विष्णु पौडेलको २ तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
घरको माथिल्लो तल्लाको कोठामा डेरा गरीबस्ने शान्ता परियारको कोठामा अचानक ग्यास लिक भई आगलागी भएको थियो। आगलागीबाट परियारका २ वर्षीय छोरा समीर परियार र उनकी दिदीकी १७ वर्षीया छोरी शर्मिला परियार घाइते भएको प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए। घाइतेहरुको हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
आगलागीबाट टिभी, भाडावर्तन र लत्ताकपडा गरी अन्दाजी ४० हजार बराबरको क्षति भएको बस्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।