काठमाडौं–सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो। बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ। संसद भवनको ल्होत्से हलमा बैठक बस्ने भएको छ।
संसद बस्नु अघि संसदीय दलको बैठक बस्ने कांग्रेसको परम्परा बनेको छ।
बुधबार अपरान्ह ४ बजेका लागि संसदको बैठक डाकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।