काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिएको छ। मोहन वैद्य नेतृत्वको माओवादीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ।
प्रहरीले संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, काठमाडौं जिल्ला सहसचिव मीनप्रसाद गिरीलाई पक्राउ गरेको छ।
यस्तै, लक्ष्मण विक, नवराज तिवारी लगायतलाई पनि पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको अध्यक्ष गजुरेलले बताए।
प्रर्दशनकारीहरुले दूतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौंता तत्काल खारेज गर’ भन्नेलगायतका नाराबाजी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।