कठमाडौं– सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ जना प्रदेश सभा सदस्य (सांसद)हरूले नेकपा एकीकृत समाजवादी रोजेका छन्।
एमालेका सांसद तारालामा तामाङ, दीर्घ स्वडारी र प्रकाश रावलले एकीकृत समाजवादी रोजेको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता एवं एकीकृत समाजवादीकी सांसद पूर्णा जोशीले जानकारी दिइन्।
योसहित सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीमा सनाखत गर्ने सांसद १३ पुगेका छन्।
अब सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका सांसदको संख्या सभामुखसहित १२ मा सीमित भएको छ। प्रदेश सभामा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनेको छ।
यसअघि पूर्णा जोशी, लालबहादुर खड्का, चुनकुमारी चौधरी, मनाकुमारी साउँद, दुर्गाकुमारी कामी, माया भट्ट, सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारीले नेकपा एकीकृत समाजवादीमा सनाखत गराइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।