• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रवीन्द्र मिश्रप्रति मिलन पाण्डेको टिप्पणी- विधान उल्लंघन गर्नू स्वतन्त्रता होइन, अराजकता हो

64x64
नेपाल लाइभ आइतबार, भदौ २०, २०७८  १५:२६
1140x725

काठमाडौं- फुट्दै र जोडिँदै आएको विवेकशील साझा पार्टी फेरि विभाजनको संघारमा पुगेको छ। अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे आ-आफ्नो समूहको बैठक र भेला गरेका छन्। छुट्टाछुट्टै दस्तावेज सार्वजनिक गरेका छन्।

संयोजक पाण्डेले अध्यक्ष मिश्रले पार्टीको विधान उल्लंघन गरेको आरोप लगाएका छन्। उनले उल्लंघन गर्ने अधिकार स्वतन्त्रता नभएर अराजकता भएको टिप्पणी गरेका छन्। 

'नौ महिनाअघि मात्र पार्टी एकीकरणको दस्तावेजमा स्पष्ट रूपमा अग्रगामी पार्टी बनाउने, संविधानवादलाई पूर्णतः पालना गर्ने र हिजोका आन्दोलनका उपलब्धिको रक्षा गर्ने भनेर स्वयं रवीन्द्रजीले नै हस्ताक्षर गर्नुभएको छ', पाण्डेले आइतबार जारी गरेको वक्तव्यमा भनिएको छ, 'यसरी लहडमा मार्ग परिवर्तन गरेर विवेकशील साझा पार्टी अग्रगामी, गतिशील, प्रगतिशील पार्टी बन्छ ? संविधानलाई जोगाउने पार्टी बन्न सक्छ ? हिजोका उपलब्धिको रक्षा गर्ने पार्टी बन्छ ? अवश्य बन्दैन। मार्ग परिवर्तनको बाटोले पार्टीको आफ्नो पहिचान त गुम्छ-गुम्छ साथै यो मार्गले हाम्रो पार्टीलाई सिर्फ व्यवस्था विरोधी समूहका रुपमा सीमित गराउने छ। यो बाटोले देशलाई नयाँ दिशा दिन सक्दैन। आशा र सम्भावना देखाउन सक्दैन। समाधानमुखी पार्टी बनाउन सक्दैन।'

अध्यक्ष र संयोजकको सहमतिमा बैठकको अजेन्डा तय गर्ने र बैठकको आह्वान गर्ने संयुक्त अधिकार विवेकशील साझा पार्टीको विधानको दफा २० (१०), एकीकरणको सम्झौता पत्र र २०७७ साल मंसिर २४ गतेको केन्द्रीय कमिटीको निर्णयमा स्पष्ट लेखिएको पाण्डेको भनाइ छ।

त्यसको विपरीत गई, हुँदै नभएको अधिकार प्रयोग गरेर मिश्रले एकल रुपमा केन्द्रीय समिति र सचिवालयको अवैधानिक बैठक बोलाएको पाण्डेले दाबी गरेका छन्। 

यस्तो छ पाण्डेले जारी गरेको वक्तव्य :

वैकल्पिक राजनीतिले मूल बाटो नबिराओस्

विवेकशील साझा पार्टी विभिन्न आरोह अवरोह पार गर्दै, हजारौँ पार्टी सदस्यहरूको मेहनत, परिश्रमबाट लाखौँ नागरिकको आशा अनि अपेक्षा सँगाल्दै यहाँसम्म आइपुगेको छ। यसका निम्ति म सबै प्रति धन्यवाद दिन चाहन्छु र हाल पार्टीमा उत्पन्न घटनाक्रमका निम्ति म आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिँदै आम नागरिक, सदस्य, शुभचिन्तकहरूसँग माफी माग्न चाहन्छु।

Ncell 2
Ncell 2

विवेकशील साझा पार्टी मूलभूत रूपमा युवा, महिला, सीमान्तकृत र अल्पसङ्ख्यक तप्काको प्रतिनिधित्व गर्दै आशाको अनि सम्भावनाको राजनीति गर्ने प्रोग्रेसिभ पार्टी हो। यो पार्टी नयाँ पुस्ताको पार्टी हो। यस मानेमा विवेकशील साझाले उठाउने मुद्दा र गर्ने अभ्यास नेपाली राजनीतिका निम्ति नविनतम् र सिर्जनात्मक छन्, महत्त्वपूर्ण छन्।

केहि समय अघि हाम्रो पार्टीमा आधारभूत विचारमा भिन्नता देखापर्यो। पार्टीकै मुख्य नेताहरूबिच आएको यो विचारको भिन्नताले हामीलाई चिन्तित बनाएको छ। पार्टीभित्र अन्यौलता देखा परेको छ। चिन्ताको अर्को विषय, पार्टीको विधान कार्यदलले सर्वसम्मत ढङ्गले बनाएको विधान पाँच महिनासम्म केन्द्रीय समितिमा ल्याउन रोकिएको छ। पार्टी अध्यक्षले एकीकरणको सम्झौता विपरीत उहाँकै भाषामा ‘मार्ग परिवर्तन’ गर्नुभएको छ।

अध्यक्ष र संयोजकको सहमतिमा बैठकको एजेन्डा तय गर्ने र बैठकको आव्हान गर्ने संयुक्त अधिकार जुन पार्टी विधानको दफा २० (१०), एकीकरणको सम्झौता पत्र र २०७७ साल मंगसिर २४ गतेको केन्द्रीय कमिटीको निर्णयमा स्पष्ट लेखिएको छ, त्यसको विपरीत गई, हुँदै नभएको अधिकार प्रयोग गरेर रवीन्द्रजीले एकल रुपमा केन्द्रीय समिति र सचिवालयको अवैधानिक बैठक बोलाउनुभएको छ। यस मानेमा, उहाँले विधान र सम्झौता पत्रलाई च्यातेर धुजा धुजा बनाउनुभएको छ।

आज जसले अध्यक्षले बोलाएको बैठकलाई वैधानिक भनेर तर्क गर्दै हुनुहुन्छ, वहाँहरूले जवाफ दिनुपर्दछ कि पार्टी विधानको कुन दफाले अध्यक्षलाई एकल निर्णयले बैठक बोलाउने अधिकार दिएको छ, कुन दफाले बैठकको अध्यक्षता गर्ने अधिकार दिएको छ ? ‘प्रचलित अभ्यास’को हवाला दिनेहरूले बताउनुपर्छ की त्यो प्रचलित अभ्यास कहाँ छ ? खोइ कहाँ छ त्यो प्रचलित कानुन ? 

अतः पार्टी एकीकरणको मर्म मार्दै, विधान मिच्दै गरिएका यी गतिविधिहरूले वैकल्पिक राजनीतिको, सुसंस्कृत राजनीतिको अवसान तर्फ त जाँदै छैन ? पार्टीमा गम्भीर प्रश्न उब्जिएको छ। सदस्यहरू चिन्तित छन्।

पार्टीको विधानको धारा ३.१ मा लेखिएको छ, “... सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्‍याउने” तर, पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको दस्ताबेज, पार्टीको विधान विपरीत ‘मार्ग परिवर्तन’ भन्दै पार्टीको सिद्धान्त विरुद्ध वक्तव्य बाजी गर्दै हिँड्नुभयो। संसारमा कुन त्यस्तो पार्टी छ, जसको अध्यक्षले सामान्य अवस्थामा पार्टीको नीति विपरीत ‘नितान्त व्यक्तिगत’ विचार भन्दै पार्टीको विधान विपरीत बोल्दै हिँडेको होस्? स्वतन्त्रता हुन्छ तर पार्टीको विधान उल्लङ्घन गर्ने अधिकार स्वतन्त्रता होइन। अराजकता हो।

नौ महिनाअघि मात्र पार्टी एकीकरणको दस्ताबेजमा स्पष्ट रूपमा अग्रगामी पार्टी बनाउने, संविधानवादलाई पूर्णतः पालना गर्ने र हिजोका आन्दोलनका उपलब्धिको रक्षा गर्ने भनेर स्वयं रवीन्द्रजीले नै हस्ताक्षर गर्नुभएको छ। यसरी लहडमा मार्ग परिवर्तन गरेर विवेकशील साझा पार्टी अग्रगामी, गतिशील, प्रगतिशील पार्टी बन्छ ? संविधानलाई जोगाउने पार्टी बन्न सक्छ ? हिजोका उपलब्धिको रक्षा गर्ने पार्टी बन्छ ? अवश्य बन्दैन। मार्ग परिवर्तनको बाटोले पार्टीको आफ्नो पहिचान त गुम्छ-गुम्छ साथै यो मार्गले हाम्रो पार्टीलाई सिर्फ व्यवस्था विरोधी समूहका रुपमा सीमित गराउने छ। यो बाटोले देशलाई नयाँ दिशा दिन सक्दैन। आशा र सम्भावना देखाउन सक्दैन। समाधानमुखी पार्टी बनाउन सक्दैन।

अर्को महत्त्वपूर्ण कुरा के छ भने, रवीन्द्रजीले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लाउँदै कारबाही गर्ने चेतावनी दिनुभएको छ। यो हास्यास्पद छ। पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि होइनन्। समानान्तर गतिविधि भनेको पार्टीको घोषणापत्र र विधान अनुरूप काम नगर्नु हो। हो पक्कै पनि, समानान्तर गतिविधि गर्नेलाई कारबाही गर्नुपर्छ। पार्टीको लाइनभन्दा बाहिर गएर वक्तब्य बाजी गर्नेलाई प्रश्न गर्नुपर्छ। तर, त्यसलाई लागी कसले समानान्तर गतिविधि गरेको छ भन्ने कुरा बुझ्न जरुरी छ। अब त त्यो बुझ्न कठिन पनि छैन।

आम नागरिकलाई साक्षी राखेर गरिएको एकीकरणको मर्म नमार्न म यही विज्ञप्ति मार्फत रवीन्द्र मिश्रजीलाई सचेत गराउन चाहन्छु। पार्टी एकीकरण घोषणापत्र नै त्यो दस्ताबेज हो, जसले समान अधिकार सहित मलाई संयोजक र उहाँलाई अध्यक्ष बनाएको छ। यदि यो सम्झौता पत्रनै हामीले लत्त्याउने हो भने, हामी कुन नैतिकताले अध्यक्ष र संयोजक भएर यो पदमा बस्न सक्छौँ ? सामान्य नैतिकतालाई नै गुमाएर सुसंस्कृत राजनीति कसरी गर्न सकिएला ? सुसंस्कृत राजनीति गर्ने दलका नेतृत्वले उत्तर दिने बेला आएको छ। हामी मध्ये कसैलाई पनि वैकल्पिक राजनीतिको ‘अपहरण’ गर्ने छुट छैन। विवेकशील आन्दोलनलाई थाङ्नामा सुताउने अधिकार कसैलाई छैन।

यही वक्तव्य मार्फत म पार्टी सदस्य, शुभेच्छुक र आम नागरिकलाई स्पष्ट बनाउन चाहन्छु की म हाम्रो सम्झौता पत्र प्रति पूर्ण रूपमा प्रतिबद्ध छु। यो एकीकरण प्रति पूर्ण रूपमा प्रतिबद्ध छु। यो वैकल्पिक राजनीतिको आन्दोलन प्रति पूर्ण प्रतिबद्ध छु। केहि समय वैकल्पिक राजनीति अलमलिए पनि छिट्टै हामी सबैको प्रयत्नले मूल बाटोमा फर्कने विश्वास दिलाउन चाहन्छु।

हालका घटनाक्रमहरूले पार्टी सदस्यहरू र शुभेच्छुकहरूलाई पनि चिन्तित बनाएको हामीले महसुस गरेका छौँ। हामी उहाँहरूको सम्पर्कमै छौँ। हामी यो अन्योलताबाट विचलित नहुन र पार्टीलाई थप मजबुत बनाएर पार्टी स्थापनाको मर्म, आवश्यकता र हालको परिस्थितिको जटिलतालाई सम्बोधन गर्दै अघि बढ्न अनुरोध गर्न चाहन्छौँ। साथै, हामी सम्पूर्ण पार्टी नेतृत्वहरुलाई समेत जिम्मेवार बन्न, पार्टीको उत्पन्न गतिरोध अन्त्य गरेर पार्टी एकीकरण जोगाउन अग्रसरता लिन अनुरोध गर्दछौँ।

धन्यवाद।

नेपाल आमाको जय होस्।

मिलन पाण्डे

केन्द्रीय संयोजक

विवेकशील साझा पार्टी

मिति- २०७८ साल भदौ २०

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात पार्टी केन्द्रीय कार्यालय च्यासलमा रिपोर्टिङका क्रममा कार्यकर्ताहरुले दुर्व्यवहारसहित हातपात गरेका हुन् । शनिबार, चैत १४, २०८२
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । शनिबार, चैत १४, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा एमालेले आजैदेखि देशब्यापी प्रदर्शन सुरु गर्ने जानकारी दिएको छ भने कार्यक्रमको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ। शनिबार, चैत १४, २०८२
ताजा समाचारसबै
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात शनिबार, चैत १४, २०८२
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु शनिबार, चैत १४, २०८२
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते शनिबार, चैत १४, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्