काठमाडौं– नेकपा (एकीकृत समावादी) पार्टीको प्रवक्ताको जिम्मेवारी नेता जगन्नाथ खतिवडाले पाएका छन्।
पार्टीको केन्द्रीय सदस्य रहेका खतिवडालाई प्रचार विभागसँगै प्रवक्ताको जिम्मेवारी दिएको हो।
गत शुक्रबार जारी एकीकृत समाजवादी पार्टीको अन्तर पार्टी निर्देशन (अपानि)मा खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ।
खतिवडाले नेकपा एमालेमा हुँदा पोलिटब्यूरो सदस्यसम्मको जिम्मेवारी पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।