काठमाडौं- सल्यानमा नेकपा (एमाले)बाट निर्वाचित ६४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।
उनीहरुले आज एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको उक्त पार्टीले जानकारी दिएको छ।
एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नेमा एक जना पालिका अध्यक्ष, एक उपाध्यक्ष, १६ जना वडाध्यक्ष र ४६ जना वडा सदस्य रहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।