चितवन- नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटाले एमाले नेता महेश बस्नेतलाई आउँदो निर्वाचन जितेर देखाउन चुनौती दिएका छन्।
चितवनको इच्छाकामना गाउँपालिकामा शनिबार वाईसीएल र अखिल(क्रान्तिकारी)को संयुक्त भेलालाई सम्बोधन उनले उक्त चुनौती दिएका हुन्। 'महेश बस्नेतहरुलाई चुरिफुरी धेरै नगर्न र हिम्मत भए आगामी निर्वाचन जितेर देखाउन चुनौती दिन्छु,' उनले भने।
वाईसीएललाई सहरका युवाहरुमाझ सबैभन्दा लोकप्रिय र पुन: मुलुकको पहिलो संगठन बनाइने उनले दाबी गरे। 'एउटा राम्रो खेलाडी, राम्रो कलाकार, उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाईसीएल बन्न लामो समय कुरेर क्रियाशील भइरहन जरुरी हुन्न। राष्ट्रको योगदान दिने हरेक व्यक्ति वाईसीएलको सदस्य हुने हक स्वत: राख्छ,' उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।