काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकको विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग मिसाए कोरोनाको नयाँ भेरियण्टभन्दा खतरनाक हुने चेतावनी दिएका छन्।
एमसीसीको विषयलाई लिएर राष्ट्रिय राजनीति विभाजित भइरहेको सन्दर्भमा उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्।
'देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरियन्टभन्दा खतरनाक प्रतिगमनको नयाँ भेरियन्ट जन्मनसक्छ! देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौं! ख्याल राखौं-अरूलाई खाने बाघले आफूलाई पनि खानसक्छ!,' उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।