काठमाडौं- लगातारको वर्षाका कारण सप्तकोशी नदिमा आएको बाढीले उदयपुरको बेलाका नगरपालिका क्षेत्रमा तीव्र कटान सुरु गरेसँगै गृहमन्त्री बालकृष्ण खाणले स्थलगत निरीक्षण गरेका छन्।
सप्तकोशी नदिमा आएको बाढीले उदयपुर जिल्लाको बेलका, सुनसरीको बरहाक्षेत्र र सप्तरीको सप्तकोशी तथा कन्चनरुप नगरपालिकाको केही बस्तीमा क्षति पुग्ने देखिएपछि शनिबार गृहमन्त्री खाणले निरीक्षण गरेका हुन्।
पछिल्लो समय सप्तकोशी नदीले धार परिर्वतन गरेर पश्चिमतर्फ कटान गर्दा उदयपुरको बेलकाको वडा नं. १, २, ३, ८ र ९ र बराहाक्षेत्र नगरपालिकाको वडा नं. ६ गरी सोमबारे, डुम्रीबोटे, मसान घाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु जोखिममा छन् ।
निरीक्षण पछि गृहमन्त्री खाडले बस्ति बचाउन अल्पकालिन र पूर्णकालिन कार्ययोजना बनाउने बताए। यस्तै, कोशीको दिगो समाधान गर्न छिमेकी राष्ट्र भारतलाई जानकारी गराउन कुटनैतिक प्रयास गर्ने भन्दै उनले छिमेकी मुलुक भारततर्फ सहयोगको लागि कुरा उठाउने बताए।
यसवर्ष कोशीले धार परिवर्तन गरेर पश्चिमतर्फ नदिको बहाव आएसँगै हालसम्म बेलाका नगरपालिका क्षेत्रको अन्दाजी ७ सय मिटर जमिन नदीले कटान गरि सकेको छ। अब अन्दाजी २ सय मिटर कटान गरे बाढी पुरै बस्तीतर्फ पस्ने देखिएको छ ।
गृहमन्त्री खाडसमक्ष बेलाका नगरपालिकाका नगर प्रमुखले एक ज्ञापन बुझाउँदै तत्काल नदीबाट हुनसक्ने जोखिम रोक्ने सबै प्रकारका उपाय अवलम्बन गर्न मागसमेत गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।