काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम उनले शनिबार (आज) साँझ विज्ञप्ति जारी गरी संघीय संसद्को दुवै सदनको अधिवेशन यही भदौ २३ गते बुधबारका लागि आह्वान गरेकी हुन्।
बैठक दिउँसो ४:०० का लागि बोलाइएको छ।
यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।