इटहरी– सुनसरीको धरान उपमहानगरपालिका–६ पानमारामा साइकलबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
साइकल सिक्ने क्रममा लडेर २२ वर्षीया गीता मग्रातीको मृत्यु भएको हो।
बिहीबार लडेर टाउकोमा चोट लागी गम्भीर घाइते भएकी मग्रातीलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।