फाइल तस्बिर।
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यकर्तामा भेलामा सम्बोधन गर्दै उनले एमसीसी झुक्याएर पास गर्न खोजेका होलान् भन्दै असन्तुष्टि जनाए।
'यिनै मान्छेहरु हुन्, कांग्रेस र माओवादी भएका बेलामा एमसीसी गरे। अहिले एमसीसीबारे बोल्दैनन्। झुक्याएर पास गर्न खोजेका होलान्। बोल्दैनन्। के गर्ने हो भन्दैनन्। जनताका अगाडि यिनीहरुले गरेका एमसीसी अहिले के भन्छन् त, भन्नुपर्दैन? शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने? हिजो साइन गर्नुभएको थियो त। एक गर्ने एमसीसी? उहाँहरु चुपचाप हुनुहुन्छ', उनले भने।
ओलीले चीनसँग सीमा विवाद नभएको भन्दै समिति गठनप्रति पनि असन्तुष्टि जनाए। 'अहिले तपाईंहरुले देख्नुभएको छ, चीनसँग कुनै सीमा विवाद छँदैछैन। कसलाई खुशी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्यो। कसलाई खुशी पार्न? यो सरकारलाई म चुनौती दिएर भन्न चाहन्छु- यो समितिले सीमा विवाद कुनै ठाउँमा देखाओस्', उनले भने।
ओलीले अहिलेको सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको आरोप पनि लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।