फाइल तस्वीर
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।
ओलीलाई रुघा खोकीसहित ज्वरो आएको उनका सञ्चार सहयोगी रामशरण बजगाईंले नेपाल लाइभलाई जानकारी दिए। अस्वस्थ्य भएसँगै ओली बालकोटस्थित निवासमा आराम गरिरहेका छन्। बजगाईंले धपेडीका कारण ज्वरो आएको हुनसक्ने बताए।
स्वास्थ्यमा समस्या देखिएसँगै अत्यावश्यक बाहेकका भेटघाट बन्द गरिएको बजगाईंले बताए। नेकपा एमाले विभाजित भएसँगै केही दिनयता राजनीतिक कार्यक्रम र बैठकमा अध्यक्ष ओली व्यस्त बनेका थिए।
नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले शनिबार महानगरस्तरीय बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ र त्यसमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।