काठमाडौं– वायुमण्डलीय विज्ञानका अध्येता अरनिको पाण्डे योजना आयोगको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पाण्डेलाई योजना आयोगको वरिष्ठ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।
पाण्डे प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा (देउवा)को समेत 'लगानी' रहेको युलियन्स एजुकेशन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत समेत हुन्।
पाण्डेले सामाजिक सञ्चालमार्फत आफू योजना आयोगको वरिष्ठ सल्लाहकारमा नियुक्त भएको जनाएका छन्।
उनले जलवायु परिवर्तन, वातावरण र दिगो विकासका सन्दर्भमा अझ राम्रो नीतिहरु निर्माण गर्न आफ्नो योगदान हुने पनि सामाजिक सञ्जालमार्फत 'प्रतिवद्धता' व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।