हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अङ्ग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन् ।
नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग भएको उनले बताए।
शुक्रबार मकवानपुरको हेटौंडामा पार्टी सम्बद्ध युवा संगठनद्वारा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै थापाले राजनीति समाजसेवाभन्दा पनि ब्यापार भएकोमा चिन्ता प्रकट गरे।
‘स्वार्थी एवं भ्रष्ट व्यापारी, ठेकेदार र नेताहरुको माफिया गठबन्धनले नेपालमा प्रजातन्त्रलाई बन्धक बनाएको छ, ’ थापाले भने,‘गाउँदेखि केन्द्रसम्मको राजनीति यही माफियाले प्रदुषित गरेको छ। जबसम्म यो माफियातन्त्रलाई पराजित गर्न सकिन्न,तबसम्म प्रजातन्त्र जनताको हितकोलागि हुँदैन।’
इमान्दार र बिकासप्रेमी भन्दा माफिया, व्यापारी, बिचौलिया राजनितिमा हाबी भएको भन्दै थापाले राजनीति भ्रष्टिकरणतर्फ गैरहेकोमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिका जरुरी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।