काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध दायर गरेको रिट बेन्च बस्न नभ्याइनेमा परेको छ।
ओलीको तर्फबाट दायर गरिएका ३ वटा रिटमाथि सुनुवाइको लागि शुक्रबार सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको थियो। तर, न्यायाधीश खड्का र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएकाले एकल इजलासको 'बेन्च बस्न नभ्याएको' हो।
पार्टीले निर्णय गरी कारबाहीका लागि सिफारिस गरेका १४ संघीय सांसदलाई कारबाही गरिएको सूचना प्रकाशित नगरेको भन्दै ओलीले सभामुख सापकोटाविरुद्ध रिट दायर गरेका छन्।
यस्तै, लुम्बिनी प्रदेशका २ जना सांसदलाई पनि कारबाही गरिएको सूचना प्रकाशित नगरिएको भन्दै लुम्बिनीका सभामुखलाई विपक्षी बनाइएको छ।
एमाले विभाजन गरी नयाँ दल (नेकपा एकीकृत समाजवादी) गठन गर्दा एमालेले कारबाही सिफारिस गरेका १४ जनालाई सांसदको रुपमा सनाखतमा समावेश गराइएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।