काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइली अस्पताल भर्ना भएका छन्।
घरमै रहेका बेला लडेपछि उपचारका लागि श्रीपाइलीलाई निर्भिक अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन्। लडेसँगै उनको दृष्टिमा समेत समस्या देखिएको छ।
उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। श्रीपाइली पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा खेलकुद मन्त्री भएका थिए। उनी हाल माओवादी केन्द्रको दलित मुक्ति मोर्चाका इन्चार्ज छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।