काठमाडौं- सत्तारुढ नेकपा(एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ।
दार्चुला घटनाको विरोधमा अनेरास्ववियूले शुक्रबार अपरान्ह भृकुटीमण्डपस्थित आरआर क्याम्पस अगाडि मोदीको पुत्ला जलाएको हो। उनीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए।
पुत्ला जलाउने क्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको हात जलेको छ।
साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुनइ काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए।
घटनाबारे छानबिन गर्न गठन भएको समितले एसएसबीको उपस्थितिमा घटना भएको प्रतिवेदन सरकारलाई बुझाएको छ। तर सरकारले भारतलाई कुटनीतिक नोट नपठाएको भन्दै आलोचना भइरहेको छ। उता, भारतले भने घटनाबारे आफूलाई जानकारी नभएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।