काठमाडौं– संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विषयको टुंगो नलागेसम्म संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको मुद्दा अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै पूरक निवेदन पेस भएको छ।
संवैधानिक इजलासमा विचाराधीन रहेका रिटको निवेदकसमेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा बिहीबारको एकल इजलासले जारी गरेको आदेश खारेजको माग गर्दै पूरक निवेदन दिएका हुन्।
सर्वोच्चको एकल इजलासद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशअनुसार भएका नियुक्तिविरुद्धका रिटको सुनुवाइ रोक्न अन्तरिम आदेश जारी गरेको विषयले आफ्नो न्यायसम्बन्धी हकमा अवरोध पुगेको त्रिपाठीले निवेदनमा दाबी गरेका छन्।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अन्तरिम आदेश दिएको थियो। गत शुक्रबार लामो समयपछि मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको थियो। तर, प्रधानन्यायाशीधसलाई नै विपक्षी बनाइएको मुद्दाको सुनुवाइमा बस्न नहुने भन्दै कानुन व्यवसायीले विरोध गरेका थिए।
कानुन व्यवसायीले आफ्नो संलग्नतामाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले अघिल्लो शुक्रबारै संवैधानिक परिषद्सम्बन्धी मुद्दाको शुरु र अन्तिम सुनुवाइको दिन अदालतमा अनुउपस्थित हुने र उक्त दिन वरिष्ठतम् न्यायाधीशले नै पेसी तोक्ने तथा इजलासको नेतृत्व गर्ने 'निर्णय' भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।