काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ। पार्टी कार्यालयका लागि एक निजी घर भाडामा लिने प्रक्रिया अगाडि बढेको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
‘हाम्रो पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको मिनभवनमा हुने भएको छ। पार्टी कार्यालयका लागि एक निजी घर भाडामा लिने पक्रिया अगाडि बढिसकेको छ,' खतिवडाले भने,‘भवनसहित राम्रो पार्किङ समेत व्यवस्था भएको रोजिएको छ। केही दिनभित्रै पार्टी कार्यालय पूर्ण रुपमा सञ्चालनमा आउँने छ।’
नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले गत भदौ ९ गते निर्वाचन आयोगबाट वैधानिकता पाएको थियो।
पार्टीले वैधानिकता पाएसंगै संसदीय दलको कार्यालय सिहदरबारस्थित संसद सचिवालयको पहिलो भवनको दोस्रो तलामा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।