फाइल तस्बिर
काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दै छ। आज दिउँसो साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी समितिको बैठक बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।
पार्टीको निर्वाचन निर्देशिका पारित गर्ने अजेन्डा आजको बैठकमा रहेको छ।
यस्तै पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा प्रधानमन्त्रीसँग भएको छलफलका बारेमा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा जानकारी गराउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।