काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय हेलिकप्टर निरन्तर नेपाली आकाशमा उडिरहेको विषयमा सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लंलन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन?’
उनले अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो भन्दै सरकारलाई प्रश्न पनि गरेका छन्।
‘गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो?,’ उनले भनेका छन्।
केहीदिन यता दार्चुलाको नेपाली भू–भाग क्षेत्रमा निरन्तर भारतीय हेलिकप्टर उडिरहेको छ। यस विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृहमन्त्रालयलाई जानकारी गराइसकेको छ। तर, अहिलेसम्म यस विषयमा आधिकारीक धारणा सरकारले सार्वजनिक गरिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।