काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध दायर गरेको रिटको पेसी तोकिएपनि सुनुवाइ नहुने सम्भावना बढेको छ।
ओलीको रिटमाथि सुनुवाइका लागि शुक्रबार न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको भएपनि खड्का र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलास सुरु भएकाले एकल इजलास बस्ने सम्भावना न्यून रहेको सर्वोच्च स्रोतले जानकारी दियो।
गैरकानूनी रुपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।