• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुडान घोटाला : फैसला सुनाउन ठिक्क मुद्दा न्यायाधीशको अवकाशले फेरि सुरुबाट सुनुवाइ हुने

64x64
दुर्गा दुलाल शुक्रबार, भदौ १८, २०७८  १२:५६
1140x725

काठमाडौं– गत वैशाख ९ गते सर्वोच्च अदालतका तीन न्यायाधीशको पूर्ण इजलासमा नेपाल प्रहरीको चर्चित सुडान घोटाला प्रकरणमा ठेकेदार शम्भु भारतीविरुद्धको मुद्दामा अन्तिम बहस चलिरहेको थियो।

भारतीका कानुन व्यवसायीहरु सफाइ पाउनुपर्ने दाबी पेस गरिरहेका थिए भने सरकारी पक्षले उनलाई सफाइ दिने आधार नभएको भन्दै दोषी ठहर गर्न माग गरिरहेको थियो। 

न्यायाधीशहरु पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र कुमार चुडालको इजलासले दुवै पक्षलाई बहस सक्न आग्रह गर्‍यो। २०७५ भदौ १७ गते सर्वोच्चमा आएको उक्त मुद्दामा बहस टुङ्गियो, अनि इजलासले वैशाख १२ गते फैसला सुनाउने मिति तोक्यो।

३ वर्षदेखि पालो कुरेर बसेको मुद्दा बहस सकिएसँगै टुंगिने अवस्थामा पुग्यो। वैशाख १२ गतेका लागि इजलास तोकियो तर, मुद्दाको फैसला हुन सकेन। निर्णय सुनाउने (निसु) समय सर्‍यो। यसरी निसु सर्दा यो मुद्दा झन् अन्योलमा पुगेको छ। लगत्तै अर्को पेसी २०७८ साउन २१ गते तोकियो।

न्यायाधीशहरु मीरा खडका, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेसी परे पनि 'हेर्न नभ्याउने' हुँदै सुनुवाइ सर्‍यो। 

अर्को पेसी बिहीबार तोकिए पनि सुनुवाइ भएन। बिहीबार उक्त मुद्दा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तान र सुष्मालता माथेमाको इजलासमा पेसी चढेको भएपनि 'हेर्न नभ्याउने' हुँदै सरेको छ। 

फैसलाको मुखबाट सुरु सुनुवाइतिर 
तीन वर्षपछि बल्ल सुनुवाइको पालो आएर एक दिन दिनभर बहस भएको मुद्दा अब फेरि सुरु सुनुवाइमा गएको छ। तीन जना न्यायाधीशको पूर्ण इजलासको नेतृत्व गरेका न्यायाधीश पुरुषोत्तम भण्डारीले २०७८ जेठ १३ गते अवकाश पाएपछि यो मुद्दा पुनः सुरु सुनुवाइमा गएको हो।

पूर्ण इजलासमा संलग्न न्यायाधीशले अवकाश पाएपछि नयाँ इजलास गठन गरि सुनुवाइ गर्नुपर्ने भएपछि यो मुद्दा पछिल्लो पटक नयाँ न्यायाधीशको इजलासमा पेसी तोकिन थालेको छ। नयाँ इजलासले सुरुदेखि नै बहस सुुन्ने छ।

Ncell 2
Ncell 2
nimb
nimb

ठेकेदार भारतीका कानुन व्यवसायी र सरकारी वकिलहरुले फेरि उक्त मुद्दामा बहस गर्ने छन्। बिहीबार बहसका लागि दुई दिन लगाएर तयारी गरेका एक सरकारी वकिलले अब अर्को पेसीमा फेरि यस्तै दुःख हुने बताए।

‘गत वैशाखमा दुई दिन लगाएर तयारी गर्दै दिनभर बहस गरियो, तर न्यायाधीशले अवकाशअघि नै फैसला नसुनाएपछि अब फेरि बहस गर्नुपर्ने भएको छ,’ ती सरकारी वकिलले भने, ‘निजी कानुन व्यवसायीले त ‘फी’ लिएर पटक-पटक गर्लान् तर, सरकारी मुद्दाको चाप हुँदा यसरी एउटै मुद्दामा दोहोर्‍याएर बहस गर्नपर्दा धेरै समस्या हुन्छ।’

एउटै सरकारी वकिललाई दिनमा १० थान भन्दा धेरै मुद्दाको भाग पर्ने गरेको छ। सरदर दैनिक १० थान मुद्दाको बहस तयारीदेखि इजलासको प्रश्नको उत्तर दिने सरकारी वकिललाई यसरी मुद्दाहरु फैसलाको मुखमा पुग्ने अनि फैसला नुहँदा निकै कार्यबोझ थपिन जान्छ। 

नयाँ मुद्दासमेत थपिने हुँदा एक पटक बहस सकेपछि फैसला नभएमा कार्यबोझ हुने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए। ‘सरकारी वकिलको जनशक्ति कम छ, दैनिक मुद्दाहरु नै धेरै प्रतिरक्षा गर्न परिरहेको अवस्थामा फैसलाको मुखमा पुगेर फेरि सुरु बहस गर्न पर्दा समस्या हुन्छ नै।’

पटक–पटक एउटै मुद्दामा बहसको तयारी गर्नुपर्ने भएकाले अरु मुद्दामा समय दिन नपाउने उनले बताए। २०७५ भदौ १७ गते सर्वोच्चकै फैसलाविरुद्ध पुनरावेदन दर्ता भएको निवेदनमा सर्वोच्चले २०७६ मंसिर १६ गते पुनरावेदन गर्ने (निस्सा दिने) आदेश सुनाएको थियो।

न्यायाधीशहरू तेजबहादुर केसी, प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले पुनः सुनुवाइ गर्ने अनुमति दिएपछि मुद्दा दर्ता हुँदै पेसीमा चढेको थियो। 

के थियो ठेकेदार भारतीको दाबी? 
सर्वाेच्चले भारतीलाई नेपाल प्रहरीको सुडान मिसनमा भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको थियो। भ्रष्टाचार मुद्दामा फरार रहेका भारतीलाई ललितपुरको भैंसेपाटीबाट २०७६ भदौ १३ गते प्रहरीले पक्राउ गरेको थियो। सर्वोच्चले २०७४ वैशाख १७ गते भ्रष्टाचार मुद्दामा एक वर्ष कैद तथा बिगोको आधा, १४ करोड २० लाख ८ हजार ३ रूपैयाँ ३ पैसा जरिवाना असुल हुनुपर्ने ठहर गरेको थियो।  

सुडान मिसनको मुख्य आपूर्तिकर्ता ‘अस्योर्ड रिस्क कम्पनी लण्डन’को तर्फबाट स्थानीय प्रतिनिधि थिए, भारती। सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको फर्म्ड पुलिस युनिट (एफपीयू)को लागि आवश्यक बन्दोबस्तीका सामान खरिद गर्न उक्त कम्पनीले ठेक्का पाएको थयो। कम्पनीले ‘आइएसओ स्ट्यान्डर्ड’को ‘एपीसी’को सट्टामा कोटेसनमा मूल सम्झौताको विपरीतका शर्तहरू थपी ८ थान पुराना र काम नलाग्ने एपीसी सप्लाई गराएकोमा भारती दोषी ठहर भएका थिए।

शुरूमा ४० प्रतिशत र सामान डेलिभरी भएपछि ६० प्रतिशत भुक्तानी दिने शर्त उल्लेख भएकोमा शर्तविपरीत ‘अस्योर्ड रिस्क कम्पनी’को नाममा भुक्तानी गराएको, करारमा उल्लेख भएको ‘आइएसओ स्ट्यान्डर्ड’का सामान हुनुपर्ने प्रावधानहरूलाई संशोधन गरी हटाएको ठहर सर्वोच्चले गरेको थियो।  

एपीसीमा १२ दशमलव ५ एमएमको हतियार मात्र प्रयोग गर्नुपर्ने मापदण्ड रहेकोमा आपूर्ति भएका १४ दशमलव ५ र ७ दशमलव ६२ एमएमको हतियार जडान गर्ने माउण्ट रहेको, सञ्चार साधन पनि नजोडिएको र एसी उपकरण पनि नरहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। 

सर्वोच्चले यही प्रकरणमा नेपाल प्रहरीका तीनजना पूर्वआईजीपीलाई पनि दोषी ठहर गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्वआईजीपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो।

कार्की र श्रेष्ठको इजलासले ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेश चन्द ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको थियो। सुडान मिसनका लागि गरिएको एपीसी खरिदमा घोटाला भएको भन्दै अख्तियारले तीन पूर्वआईजीपीसहित सातजना प्रहरी अधिकारी र ठेकेदार शम्भु भारतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

विशेष अदालतले मुख्य अभियुक्तलाई दोषी ठहर गर्दै अन्यलाई सफाइ दिएसँगै उक्त मुद्दा सर्वोच्च पुगेको थियो। सर्वोच्चले तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दिपकसिंह थाङदेनलाई १ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको थियो। त्यस्तै, डीआईजीहरू दिपककुमार श्रेष्ठ र एसएसपी रवि राणालाई ६ महिना कैद र ३० हजार जरिवाना तोकिएको थियो।

भारतीले आफूले जेलबाहिर रहेर मुद्दा सुनुवाइ गर्नुपर्ने र ठेक्काबापत सवै रकमसमेत नपाएकाले दोषी ठहर गर्न नमिल्ने जिकीर गर्दै निवेदन दिएका थिए। पक्राउ परेका भारती २०७६ पुस १० गते सर्वोच्चको आदेशले छुटेका थिए। अन्तिम अदालतबाट भएको फैसला कार्यान्वयन हुँदै जेलमा रहनुपर्ने भएपछि उनी सर्वोच्च पुगेका थिए। जेलबाहिर बसेर मुद्दा लड्ने सुविधाका लागि भारतीले सर्वोच्चमा पुनरवलोकन निवेदन दिएका थिए।

सर्वोच्चको सो आदेशपछि भारती रिहा भएर मुद्दा लड्दै आएका छन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–... मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित समितिमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्