• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुडान घोटाला : फैसला सुनाउन ठिक्क मुद्दा न्यायाधीशको अवकाशले फेरि सुरुबाट सुनुवाइ हुने

64x64
दुर्गा दुलाल शुक्रबार, भदौ १८, २०७८  १२:५६
1140x725

काठमाडौं– गत वैशाख ९ गते सर्वोच्च अदालतका तीन न्यायाधीशको पूर्ण इजलासमा नेपाल प्रहरीको चर्चित सुडान घोटाला प्रकरणमा ठेकेदार शम्भु भारतीविरुद्धको मुद्दामा अन्तिम बहस चलिरहेको थियो।

भारतीका कानुन व्यवसायीहरु सफाइ पाउनुपर्ने दाबी पेस गरिरहेका थिए भने सरकारी पक्षले उनलाई सफाइ दिने आधार नभएको भन्दै दोषी ठहर गर्न माग गरिरहेको थियो। 

न्यायाधीशहरु पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र कुमार चुडालको इजलासले दुवै पक्षलाई बहस सक्न आग्रह गर्‍यो। २०७५ भदौ १७ गते सर्वोच्चमा आएको उक्त मुद्दामा बहस टुङ्गियो, अनि इजलासले वैशाख १२ गते फैसला सुनाउने मिति तोक्यो।

३ वर्षदेखि पालो कुरेर बसेको मुद्दा बहस सकिएसँगै टुंगिने अवस्थामा पुग्यो। वैशाख १२ गतेका लागि इजलास तोकियो तर, मुद्दाको फैसला हुन सकेन। निर्णय सुनाउने (निसु) समय सर्‍यो। यसरी निसु सर्दा यो मुद्दा झन् अन्योलमा पुगेको छ। लगत्तै अर्को पेसी २०७८ साउन २१ गते तोकियो।

न्यायाधीशहरु मीरा खडका, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेसी परे पनि 'हेर्न नभ्याउने' हुँदै सुनुवाइ सर्‍यो। 

अर्को पेसी बिहीबार तोकिए पनि सुनुवाइ भएन। बिहीबार उक्त मुद्दा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तान र सुष्मालता माथेमाको इजलासमा पेसी चढेको भएपनि 'हेर्न नभ्याउने' हुँदै सरेको छ। 

फैसलाको मुखबाट सुरु सुनुवाइतिर 
तीन वर्षपछि बल्ल सुनुवाइको पालो आएर एक दिन दिनभर बहस भएको मुद्दा अब फेरि सुरु सुनुवाइमा गएको छ। तीन जना न्यायाधीशको पूर्ण इजलासको नेतृत्व गरेका न्यायाधीश पुरुषोत्तम भण्डारीले २०७८ जेठ १३ गते अवकाश पाएपछि यो मुद्दा पुनः सुरु सुनुवाइमा गएको हो।

पूर्ण इजलासमा संलग्न न्यायाधीशले अवकाश पाएपछि नयाँ इजलास गठन गरि सुनुवाइ गर्नुपर्ने भएपछि यो मुद्दा पछिल्लो पटक नयाँ न्यायाधीशको इजलासमा पेसी तोकिन थालेको छ। नयाँ इजलासले सुरुदेखि नै बहस सुुन्ने छ।

Ncell 2
Ncell 2

ठेकेदार भारतीका कानुन व्यवसायी र सरकारी वकिलहरुले फेरि उक्त मुद्दामा बहस गर्ने छन्। बिहीबार बहसका लागि दुई दिन लगाएर तयारी गरेका एक सरकारी वकिलले अब अर्को पेसीमा फेरि यस्तै दुःख हुने बताए।

‘गत वैशाखमा दुई दिन लगाएर तयारी गर्दै दिनभर बहस गरियो, तर न्यायाधीशले अवकाशअघि नै फैसला नसुनाएपछि अब फेरि बहस गर्नुपर्ने भएको छ,’ ती सरकारी वकिलले भने, ‘निजी कानुन व्यवसायीले त ‘फी’ लिएर पटक-पटक गर्लान् तर, सरकारी मुद्दाको चाप हुँदा यसरी एउटै मुद्दामा दोहोर्‍याएर बहस गर्नपर्दा धेरै समस्या हुन्छ।’

एउटै सरकारी वकिललाई दिनमा १० थान भन्दा धेरै मुद्दाको भाग पर्ने गरेको छ। सरदर दैनिक १० थान मुद्दाको बहस तयारीदेखि इजलासको प्रश्नको उत्तर दिने सरकारी वकिललाई यसरी मुद्दाहरु फैसलाको मुखमा पुग्ने अनि फैसला नुहँदा निकै कार्यबोझ थपिन जान्छ। 

नयाँ मुद्दासमेत थपिने हुँदा एक पटक बहस सकेपछि फैसला नभएमा कार्यबोझ हुने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए। ‘सरकारी वकिलको जनशक्ति कम छ, दैनिक मुद्दाहरु नै धेरै प्रतिरक्षा गर्न परिरहेको अवस्थामा फैसलाको मुखमा पुगेर फेरि सुरु बहस गर्न पर्दा समस्या हुन्छ नै।’

पटक–पटक एउटै मुद्दामा बहसको तयारी गर्नुपर्ने भएकाले अरु मुद्दामा समय दिन नपाउने उनले बताए। २०७५ भदौ १७ गते सर्वोच्चकै फैसलाविरुद्ध पुनरावेदन दर्ता भएको निवेदनमा सर्वोच्चले २०७६ मंसिर १६ गते पुनरावेदन गर्ने (निस्सा दिने) आदेश सुनाएको थियो।

न्यायाधीशहरू तेजबहादुर केसी, प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले पुनः सुनुवाइ गर्ने अनुमति दिएपछि मुद्दा दर्ता हुँदै पेसीमा चढेको थियो। 

के थियो ठेकेदार भारतीको दाबी? 
सर्वाेच्चले भारतीलाई नेपाल प्रहरीको सुडान मिसनमा भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको थियो। भ्रष्टाचार मुद्दामा फरार रहेका भारतीलाई ललितपुरको भैंसेपाटीबाट २०७६ भदौ १३ गते प्रहरीले पक्राउ गरेको थियो। सर्वोच्चले २०७४ वैशाख १७ गते भ्रष्टाचार मुद्दामा एक वर्ष कैद तथा बिगोको आधा, १४ करोड २० लाख ८ हजार ३ रूपैयाँ ३ पैसा जरिवाना असुल हुनुपर्ने ठहर गरेको थियो।  

सुडान मिसनको मुख्य आपूर्तिकर्ता ‘अस्योर्ड रिस्क कम्पनी लण्डन’को तर्फबाट स्थानीय प्रतिनिधि थिए, भारती। सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको फर्म्ड पुलिस युनिट (एफपीयू)को लागि आवश्यक बन्दोबस्तीका सामान खरिद गर्न उक्त कम्पनीले ठेक्का पाएको थयो। कम्पनीले ‘आइएसओ स्ट्यान्डर्ड’को ‘एपीसी’को सट्टामा कोटेसनमा मूल सम्झौताको विपरीतका शर्तहरू थपी ८ थान पुराना र काम नलाग्ने एपीसी सप्लाई गराएकोमा भारती दोषी ठहर भएका थिए।

शुरूमा ४० प्रतिशत र सामान डेलिभरी भएपछि ६० प्रतिशत भुक्तानी दिने शर्त उल्लेख भएकोमा शर्तविपरीत ‘अस्योर्ड रिस्क कम्पनी’को नाममा भुक्तानी गराएको, करारमा उल्लेख भएको ‘आइएसओ स्ट्यान्डर्ड’का सामान हुनुपर्ने प्रावधानहरूलाई संशोधन गरी हटाएको ठहर सर्वोच्चले गरेको थियो।  

एपीसीमा १२ दशमलव ५ एमएमको हतियार मात्र प्रयोग गर्नुपर्ने मापदण्ड रहेकोमा आपूर्ति भएका १४ दशमलव ५ र ७ दशमलव ६२ एमएमको हतियार जडान गर्ने माउण्ट रहेको, सञ्चार साधन पनि नजोडिएको र एसी उपकरण पनि नरहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। 

सर्वोच्चले यही प्रकरणमा नेपाल प्रहरीका तीनजना पूर्वआईजीपीलाई पनि दोषी ठहर गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्वआईजीपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो।

कार्की र श्रेष्ठको इजलासले ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेश चन्द ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको थियो। सुडान मिसनका लागि गरिएको एपीसी खरिदमा घोटाला भएको भन्दै अख्तियारले तीन पूर्वआईजीपीसहित सातजना प्रहरी अधिकारी र ठेकेदार शम्भु भारतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

विशेष अदालतले मुख्य अभियुक्तलाई दोषी ठहर गर्दै अन्यलाई सफाइ दिएसँगै उक्त मुद्दा सर्वोच्च पुगेको थियो। सर्वोच्चले तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दिपकसिंह थाङदेनलाई १ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको थियो। त्यस्तै, डीआईजीहरू दिपककुमार श्रेष्ठ र एसएसपी रवि राणालाई ६ महिना कैद र ३० हजार जरिवाना तोकिएको थियो।

भारतीले आफूले जेलबाहिर रहेर मुद्दा सुनुवाइ गर्नुपर्ने र ठेक्काबापत सवै रकमसमेत नपाएकाले दोषी ठहर गर्न नमिल्ने जिकीर गर्दै निवेदन दिएका थिए। पक्राउ परेका भारती २०७६ पुस १० गते सर्वोच्चको आदेशले छुटेका थिए। अन्तिम अदालतबाट भएको फैसला कार्यान्वयन हुँदै जेलमा रहनुपर्ने भएपछि उनी सर्वोच्च पुगेका थिए। जेलबाहिर बसेर मुद्दा लड्ने सुविधाका लागि भारतीले सर्वोच्चमा पुनरवलोकन निवेदन दिएका थिए।

सर्वोच्चको सो आदेशपछि भारती रिहा भएर मुद्दा लड्दै आएका छन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की समसामयीक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकान... बिहीबार, मंसिर २५, २०८२
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको हो। बिहीबार, मंसिर २५, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
एनपीएल २: विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा बिहीबार, मंसिर २५, २०८२
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने बिहीबार, मंसिर २५, २०८२
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्