काठमाडौं– अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले विद्यार्थी आन्दोलन विघटन गर्नुपर्छ भन्नेहरू मण्डले भएको आरोप लगाएका छन्।
अखिल(क्रान्तिकारी)ले आगामी सम्मेलनको कार्यदिशा तय गर्न सुझाव लिने उद्देश्यले बिहीबार राजधानीमा गरेको अन्तक्र्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै तामाङले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘आन्दोलनमाथि उठइएका सबै प्रश्नको सामना गर्न तयार छौं, कमजोरी सच्याउँदै अघि बढोस् भन्ने जायज सुझावप्रति आभारी पनि छौं,’ तामाङ भने, ‘तर पछिल्लो समय जवरजस्ती र नियतबस बिद्यार्थी संगठनमाथि प्रहार हुन थालेको छ। गलत राजनीतिक उद्देश्य र नियत राखेर प्रोपोगाण्डा चलाउनेहरू भने नवमण्डले हुन।’
इतिहासदेखि पछिल्लो प्रतिगमन विरोधी आन्दोलनसम्म जनताको मुद्दा बोकेको विद्यार्थी आन्दोलन अहिले पनि मुलुकको सबैभन्दा लोकप्रिय सचेत युवाशक्ति भएको दाबी तामङले गरे।
चार वर्षअघि कीर्तिपुरमा सम्पन्न २१औं सम्मेलनबाट अध्यक्षमा रन्जित तामाङ निर्वाचित भएयता २/२ बर्षमा हुनुपर्ने सम्मेलन मुलुकको राजनितिक घट्नाक्रम, नेकपा एकता र फुट तथा कोभिड महामारीलगायत कारणले हुन सकेको छैन।
यही असोज ८ गतेदेखि काठमाडौंमा २२औं राष्ट्रिय सम्मेलनको तयारीमा रहेको अखिल (क्रान्तिकारी)को सम्मेलनमा मुलुकभरबाट ९९९ प्रतिनिधि सहभागी हुँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।