काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता अगाडि बढाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन्।
नेपालमा द्वन्द्व पछिको अस्थीर राजनीतिक स्थितमा एकसीसी सम्झौताको चाँजो मिलाइएको र अहिले फेरि राजनीति अस्थीर बनेका बेला एमसीसी उपाध्यक्षलाई बोलाएर सम्झौता अगाडि बढाउने षड्यन्त्र भइरहेको रावलको भनाइ छ।
एमाले उपाध्यक्ष रावलले वर्तमान सरकार जनबाट अनुमोदित सरकार नभएको पनि बताएका छन्। अहिलेको सरकारलाई देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश नभएको रावलको भनाइ छ।
बिहीबार बेलुकी सामाजिक सञ्जालमा एक सन्देश लेख्दै रावलले भनेका छन्, 'नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो। फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र हुँदैछ।सरकार जनअनुमोदित होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।