• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अल्पमतमा परेका मुख्यमन्त्री आचार्य र शाक्यले राजीनामा नदिने, संसद ‘फेस’ गर्ने

64x64
नेपाल लाइभ बिहीबार, भदौ १७, २०७८  १९:११
1140x725

काठमाडौं– अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नदिने, बरु विश्वासको मत लिनलाई संसद फेस गर्ने मनस्थिति बनाएका छन्। नेकपा एमालेका प्रदेश सभा सदस्यमध्ये केहीले नवगठित नेकपा एकीकृत समाजवादी रोजेपछि आचार्य र शाक्य दुबै अल्पमतमा परेका हुन्। 

नेकपा एमालेको आन्तरिक विवादका बेला माधवकुमार नेपाल पक्षमा रहेका प्रदेश १ का मुख्यमन्त्री आचार्य र बागमतीकी मुख्यमन्त्री शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै संस्थापन (अध्यक्ष केपी शर्मा ओली) पक्षमा खुलेका थिए। ओली पक्षमा खुलेपछि दुवै जना मुख्यमन्त्री भएका थिए। नेपालले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएकै दिन शाक्य मुख्यमन्त्री बनेकी थिइन् भने आचार्य त्यसको केही दिनपछि मुख्यमन्त्री नियुक्त भए।

आचार्य र शाक्यले नेता नेपालको साथ छाडेपछि एमाले अध्यक्ष ओलीले दुवै प्रदेशका आफूनिकट मुख्यमन्त्रीलाई राजीनामा दिन लगाएका थिए। ओलीले आफूनिकट प्रदेश १ का  मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर आचार्य र शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्। 

एकीकृत समाजवादी गठन हुनुअघि प्रदेश १ र बागमतीमा एमालेको एकल बहुमत थियो। सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशबमोजिम निर्वाचन आयोगबाट वैधानिकता पाएको एकीकृत समाजवादीको पक्षमा प्रदेश सभा सदस्यहरु खुल्न थालेपछि आचार्य र शाक्य अल्पमतमा परेका हुन्। 

प्रदेश १ का ९२ जना प्रदेश सभा सदस्यमध्ये एमालेका ५१ जना थिए। अर्थात् पार्टी विभाजनअघि एमालेका पक्षमा बहुमत थियो। त्यसबेला एकीकृत समाजवादीमा जानेहरुले सनाखत नगरिसकेकाले आचार्य बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिने प्रक्रिया सुरु गरेपछि प्रदेश १ मा ११ जना एमाले सांसदले नव गठित एकीकृत समाजवादी रोजेका छन्। 

११ जना प्रदेश सांसद एकीकृत समाजवादीतिर लागेपछि प्रदेश १ मा एमालेका सांसदको संख्या ४० मा खुम्चिएको छ। प्रदेश १ मा एमालेले आफ्नो सरकार जोगाउन कम्तीमा पनि अन्य दलका ६ जना सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने साना दलहरु जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक मञ्चले समर्थन गर्दा पनि एमालेको सरकारलाई बहुमत पुग्ने अवस्था छैन।  

त्यसो त मुख्यमन्त्री आचार्यले एमाले विभाजन गरी गठन भएको एकीकृत समाजवादीको समर्थन पाउने आश पनि गरेका छन्। एमालेको आन्तरिक विवादमा माधव नेपाल पक्षमै रहेकाले पार्टी विभाजन भइसकेको अवस्थामा पनि नेपालको साथ पाउने उनको आश छ। मुख्यमन्त्री आचार्यले नेता नेपालसँगकै सल्लाहमा गुट परिवर्तन गरी मुख्यमन्त्री बनेकोसम्म पनि बताउन थालेका छन्। त्यहीकारण अल्पमतमा परे पनि राजीनामा नदिने, बरु संसद फेस गर्ने उनले बताइरहेका छन्।

तर, एकीकृत समाजवादीतिर खुलेका प्रदेश सभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले अहिलेकै अवस्थामा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने सम्भावना नरहेको बताए। ‘अहिलेको अवस्थामा अलग पार्टी भईसकेपछि भीम कमरेडलाई पहिले हामीसँगै हुनुहुन्थ्यो भनेर अर्का पार्टीका मुख्मन्त्रीलाई मत दिने सम्भावना एक प्रतिशत पनि छैन’, घिमिरेले नेपाल लाईभसँग  भने, ‘दल रोक्नेक्रममा भीम कमरेडले एकीकृत समाजवादी दल रोज्नु भयो भने विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्छौ।’

Ncell 2
Ncell 2

मुख्यमन्त्री आचार्य स्पष्ट अल्पमतमा परिसकेकाले राजीनामा उनको एउटा विकल्प हो। नभए ३० दिनभित्र उनले संसदमा अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने हुन्छ। एकीकृत समाजवादी दलले भदौ ९ गते आधिकारिकता पाएकाले मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्छ। मुख्यमन्त्री आचार्यले राजीनामा नगर्ने र संसद फेस गर्ने तयारी गरेको सामाजिक विकासमन्त्री वलबहादुर साम्सोहाङले बताए। ‘प्रदेश १ मा सरकार बन्न एमालेको एकल बहुत थियो, त्यसमध्ये केही साथीहरुले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्मपतमा पर्नुभएको सत्य हो’, साम्सोहाङले नेपाल लाइभसँग भने, ‘संविधान र कानुन बमोजिम मुख्यमन्त्रीज्यूले संसदमा अविश्वासको प्रस्ताव फेस गर्नुहुने छ।’ एमालेसहित अन्य दलहरुले पनि समर्थन गर्ने भएकाले बहुमत प्राप्त हुने दाबी उनले गरे। 

एकीकृत समाजवादीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपालाई समेटेर गठबन्धन सरकार बनाउने तयारी सुरु गरिसकेको छ। तीन दलको बहुमत सजिलै पुग्ने भएकाले गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री बनाएर जाने तयारी छ। प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने समझदारी गठबनधनमा भएको छ। प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २१ माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका ११, जसपाका ३ तथा संघीय लोकतान्त्रिक मञ्च र राप्रपाका १–१ सदस्य छन्। 

यस्तै बागमती प्रदेशमा कुल १०९ प्रदेश सभा सदस्यमध्ये एमालेका ५६ जना छन्। तीमध्ये एकीकृत समाजवादीमा १२ जना खुलेर लागेका छन्। यसअघि नेपालपक्षमा २१ जना थिए। नेपालले आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि १२ जना सदस्यमात्र एकीकृत समाजवादीमा खुलेका प्रदेश सभा सदस्य बसन्त मानन्धरले बताए। अझै दल रोज्ने समय बाँकी रहेकाले आफ्नो पार्टीमा आउने प्रदेश सभा सदस्यको संख्या बढ्ने उनले बताए। 

प्रदेश सभाका कुल १०९ सदस्यमध्ये बहुमतका लागि ५५ सदस्य आवश्यक पर्छ। एमालेका ५६ अर्थात् एक्लै बहुमत भए पनि १२ जना एकीकृत समाजवादीमा लागेपछि एमाले अल्पमतमा परेको छ। अब मुख्यमन्त्री शाक्यलाई पनि राजीनामा गर्ने दबाब बढेको छ। शाक्य अब एमालेमै रहेमा त्यहाँ विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १२ जना जोड्दा गठबन्धनमा ५७ सदस्य पुग्छन्। अर्थाँत् गठबन्धनसँग सरकार बनाउन आवश्यक बहुमत जुट्छ। गठबन्धनमा विवेकशील साझा पार्टीका ३ जना प्रदेश सभा सदस्यले समेत सहयोग गर्ने आश्वासन दिएकाले गठबन्धनको सजिलै सरकार बन्ने माओवादी केन्द्रका प्रदेश सभा सदस्य विशाल खड्काले बताए। 

अहिलेकै अवस्थामा शाक्यलाई मुख्यमन्त्री पद जोगाउन मुस्किल हुने भएकाले कि संसद फेस गर्नुपर्ने, नभए राजीनामा गर्नुपर्ने खड्काले बताए।  

मुख्यमन्त्री शाक्यले आफूले माधवकुमार नेपालसँग सल्लाह गरेर मुख्यमन्त्रीको जिम्मेवारी लिएको बताएकी थिइन्। तर, अब पार्टी नै अलग भइसकेपछि शाक्य स्वयंले यसबारे सोच्नुपर्ने नेपालले बताइसकेका छन्। शाक्य एमालेमै गएको निष्कर्ष निकालेर एकीकृत समाजवादीले भावी मुख्यमन्त्रीको रुपमा राजेन्द्र पाण्डेलाई अघि सारेको छ। तर, अल्पमतमा परे पनि शाक्य संसद फेस गरेर जाने तयारीमा रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री केशव पाण्डेले दाबी गरे। ‘अझै के गर्ने भन्ने विषयमा सिनारियो आईसकेको छैन। विश्वासको मत लिने समय वाँकी नै छ’  पाण्डेले भने, ‘यस्तो अवस्थामा मुख्यमन्त्रीज्यूले संसद फेस गर्नुहुन्छ।’

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’
कर्णाली खेलकुद परिषद् पुनर्गठन, सदस्य सचिवमा
सम्बन्धित सामग्री
नवनिर्वाचित सांसदहरूको शपथ आज शपथ लिने समय दिउँसो २ बजे तय गरिएको छ । यसपालि ६ राजनीतिक दलको प्रतिनिधित्व हुने प्रतिनिधिसभामा रास्वपाकै १ सय ८२ सांसद छन् । कांग्र... बिहीबार, चैत १२, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगले २४ फागुनमा ओली, लेखक र प्रहरी प्रमुख खापुङलाई फौजदारी कसूरमा अनुसन्धान... बुधबार, चैत ११, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति बिहीबार, चैत १२, २०८२
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ बिहीबार, चैत १२, २०८२
कर्णाली खेलकुद परिषद् पुनर्गठन, सदस्य सचिवमा बिहीबार, चैत १२, २०८२
नवनिर्वाचित सांसदहरूको शपथ आज बिहीबार, चैत १२, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्