काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीको सरकारमाथि असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारले जुन उत्साह दिनुपर्ने थियो, त्यो दिन नसकिरहेको टिप्पणी गरेका हुन्।
दुई तिहाइको कम्युनिष्ट सरकार ढलेपछि आफ्नो पार्टी नेतृत्वको सरकारसँग जनताको आशा रहेको उनले बताए। उनले भने, ‘दुई तिहाइको कम्युनिष्ट सरकार ढलेपछि हाम्रो पार्टीबाट जनतालाई आशा थियो। हाम्रो पार्टीका सरकार जति सवल, सक्षम हुनुपर्थ्यो, त्यति भएन। नयाँ किसिमले उत्साह दिनुपर्ने थियो, त्यो नसकिरहेको पनि हामीले महशुस गरेका छौं।’ उनले सत्ता परिवर्तन सार्थकता सिद्ध गर्नुपर्ने कार्यभार नेपालीइ कांग्रेसलाई रहेको बताए।
देशको संविधान जस्तै आफ्नो पार्टीको विधान बनेको र त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
‘हाम्रो पार्टीले विधि र अवधिका रुपमा चल्नुपर्छ। संस्थागत रुपमा चल्नुपर्छ। नेपाली समाजलाई लोकतान्त्रिककरण गर्ने हो भने पहिले हाम्रै पार्टीको लाकतान्त्रिकरण हुनुपर्छ,’ उनले भने, ‘चार वर्षमा अधिवेशन गर्न सकेनौं। नेतृत्वले सकेन। एक वर्षको पार गरियो, ६ महिनको टेक्ने ठाउँ पार गरेको छ।’
ढिलै भएपनि वडाबाट चुनावको सुरुवात गरेर पार्टी अधिवेशनमा अघि बढेको उनले बताए। ‘नेपाली कांग्रेसलाई नयाँ ढंगले बनाउन, विशाल पाठशाला बनाउन, पार्टीभित्रका कमकमीजोरी हटाएर अत्यन्त लोकतान्त्रिक बनाउन र भरोसाको केन्द्र बनाउन आफूहरु लाग्ने बताए।
‘हामीले तेह्रौं महाधिवेशनदेखि पार्टीलाई सुधारेले लैजान दृष्टिकोण राख्दै आयौं।,’ उनले भने, ‘पार्टीभित्र संस्थागत विकास चाहने, लोकतान्त्रिक पद्धति चाहने, आन्तरिक लोकतन्त्र मजबुत बनाउन चाहने हामी विचार मिल्ने साथीसँग एकताको प्रयास गर्छौं।’
आफूहरु सामूहिकतामा विश्वास गर्ने हुनाले व्यक्तिगतबादी प्रवृत्तिबाट सामूहिक बनाउने प्रयास गर्ने उनको भनाइ छ।
‘हामी सवै समेटिएर, सम्मिलित भएर चुनौतीको सामना गर्ने भनेर छलफल गरिरहेका छौं। आज हामी एउटा सन्देश दिन चाहन्छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।