काठमाडौं- नेकपा एमालेबाट विभाजित भई गठन भएको नेकपा एकीकृत समाजवादीको पक्षमा प्रदेश २ का १० जना सांसद्ले सनाखत गरेका छन्। उनीहरुले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्।
'हामी १० जना सशरीर र भौतिक रुपमा निर्वाचन आयोगको कार्यालयमा उपस्थित भएर सनाखत गर्नुभयो', एकीकृत समाजवादी रोजेका शत्रुधन महतोले भने।
सनाखत गर्नेहरुमा शत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन्।
प्रदेश २ का सांसद् डिल्ली उप्रेती डिल्ली उप्रेती उपचारको लागि भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी अस्पतालमा रहेकाले उनले पनि सनाखत गर्ने मिलाउने प्रक्रिया मिलाउने काम भइरहेको उनले बताए। झलनाथ खनालको जस्तै प्रक्रियाबाट सनाखत गर्ने उनको भनाइ छ।
आफ्नो पक्षमा अहिलेसम्म १३ जना रहेको उनको भनाइ छ। सनाखत गरिसकेका १० जना र गर्ने प्रक्रियामा रहेका एक जना बाहेक दुई जना अहिले जनकपुरभन्दा बाहिर रहेकाले भोलितिर खनाखत गर्ने उनको भनाइ छ।
एमालेमै रहँदा माधव नेपालको पक्षमा १३ सांसद् थिए। ती सबैले नवगठित दलमा जाने उनको महतोको छ।
प्रदेश २ मा एमालेका तर्फबाट २१ सांसद् थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।