काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्र पारेका छन्। उनले बिहान सवा १० बजे बालुवाटार पुगेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।
प्रधानमन्त्रीसँगकाे भेटलगत्तै उनले सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिरहेका छन्।
दाहालनिकट स्रोतका अनुसार अहिले भेटवार्ता जारी छ। त्यसअघि प्रधानमन्त्रीसँग भएको भेटमा मन्त्रीपरिषद्लाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको थियाे।
असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। भदौ २२ गतेसम्म निर्वाचन आयोगले दल रोज्न एमाले र जसपाका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई समय दिएकाले त्यसअघि मन्त्रिपरिषद् विस्तार नगर्ने दलहरुबीच केही दिनअघि सहमति भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।