काठमाडौं– प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्ने/नबस्ने विवादसम्बन्धी रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ।
प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने संवैधानिक दायित्व भएकाले प्रधानन्यायाधीशकै नेतृत्वमा संवैधानिक इजलास गठन गर्न माग गरिएको र आफ्नो मुद्दा आफैले हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त बमोजिम प्रधानन्यायाधीश बाहेकको इजलासको गठन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।
यससम्बन्धी रिटको आज न्यायाधीश फुयालको इजलासमा सुनुवाइ हुन लागेको हो। अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने भन्दै रिट दायर गरेका थिए। भने अधिवक्ता दीपकविक्रम मिश्रले प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वार्थ जोडिएको मुद्दा हेर्न नमिल्ने दाबी गर्दै दायर गरेका थिए।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलास र केही दिनअघि अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरिएका थिए।
त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। ९ महिनापछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेपछि विवाद भएको थियो। प्रधानन्यायाधीश राणासमेत विपक्षी बनाइएको मुद्दामा सुनुवाइका लागि बस्न नहुने रिट निवेदक कानुन व्यवसायीहरुले माग गरेका थिए। सोही अन्तर्गत प्रधानन्यायाधीश राणाले इजलास गठन र अन्तिम दिन बिदामा बस्ने निर्णय गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।