काठमाडौं- नेकपा (एमाले)ले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ।
एमालेबाट निर्वाचित अजय शाही र नेकपाबाट निर्वाचित भएर माओवादी केन्द्र रोजेकी विमला वलीलाई पार्टीले कारबाही गरेपछि पदमुक्त गर्नुपर्नेमा सभामुखले नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्न लागेको हो।
शाही हृदयश त्रिपाठीको दलबाट सूर्य चिह्न लिएर निर्वाचित भएका थिए भने वली नेकपाबाट निर्वाचित भएकी थिइन्। वलीले माओवादी पार्टी रोजेपछि एमालेले कारबाही गरेको थियो। सभामुख घर्तीले कारबाही गर्ने एमालेको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सांसद पदबाट निलम्बन गर्न अस्वीकार गरेका थिए।
एमालेले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि मुद्दा दायर गर्ने तयारी गरेको छ। एमालेले कारबाही गरेका १४ सांसदलाई निलम्बन गर्न सभामुख सापकोटाले अस्वीकार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।