काठमाडौं- प्रदेश १ मा नेकपा (एमाले)बाट विजयी आठ जना प्रदेश सांसदले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्। उनीहरुले प्रदेश १ को निर्वाचन कार्यालय विराटनगरमा उपस्थित भएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
सनाखत गर्नेमा प्रदेश सभा सदस्यहरु राजेन्द्र राई, खिनु लङ्वा लिम्बू, गणेश काङ्वाङ, राजन राई, सावित्रा रेग्मी, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिता चौधरी रहेका छन्। एकीकृत समाजवादीमा कूल १० सांसदले सनाखत गर्ने बताइएको छ।
सांसद्वय कृष्णकुमारी राई र उपेन्द्र घिमिरेको सांसद प्रमाणपत्र लिन छुटेकाले केहीबेरमा सनाखत हुने सांसद राजन राईले जानकारी दिए। उनले भने, ‘उहाँहरु दुई जना संसद् सचिवालयबाट प्रमाणपत्र लिएर आउँदै हुनुहुन्छ। एकीकृत समाजवादीको पक्षमा १० जना छौं।’
एकीकृत समाजवादीको पक्षमा १० सांसद लागेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।